कोरोना त्रासः संसद बैठकमा मास्क लगाएका सांसद

काठमाडौं। कोराना भाइरस संक्रमणको सन्त्रास राष्ट्रिय सभा बैठकमा पनि देखिएको छ।

राष्ट्रिय सभाको आजको बैठकमा सांसद विमला राई पौड्याल मास्क लगाएर पुगेकी हुन्।

राष्ट्रिय सभाको बैठक नयाँ बानेश्वरस्थि संसद भवनमा चलिरहेको छ।

विश्वव्यापी महामारीको रूप लिइरहेको कोभिड–१९ को संक्रमण नेपालमा नदेखिएपनि सरकारले उच्च सतर्कता भने अपनाइरहेको छ।

सरकारले अनाश्वयक भिडभाडमा नजान, मास्क प्रयोग गर्न, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनेको छ।

केही सांसदहरूले संसद बैठक समेत स्थगित गर्नुपर्ने माग गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्