कोरोना भाइरस संक्रमणको असर : नेपाल-भारत मैत्री बस सेवा बन्द
<p>कैलाली। भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि महेन्द्रनगरबाट भारतका विभिन्न शहरमा सञ्चालन हुँदै आएका नेपाल–भारत मैत्री बस सेवा बन्द गरिएको छ।</p>
<p>जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आजदेखि अनिश्चितकालका लागि नेपाल–भारत मैत्री बस सेवा बन्द गरेको हो।</p>
<p>यसअघि स्थानीय जनप्रतिधि, आमनागरिकले उक्त बस सेवाबाट कोरोनाको संक्रमण भित्रिन सक्ने भन्दै तत्काल रोक लगाउन माग गरेका थिए।</p>
<p>महेन्द्रनगरबाट भारतको राजधानी दिल्लीलगायत विभिन्न शहरका लागि दैनिक सात वटा मैत्री बसहरू सञ्चालन हुँदै आएका थिए।</p>
प्रतिक्रिया दिनुहोस्