काठमाडौं। नेपालको अर्थतन्त्रमा कोरोना भाइरस (कोभिड–१९)ले पार्ने असरबारे छलफल गर्न अर्थ मन्त्रालयले निजी क्षेत्रसँगको बैठक बोलाएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले आज निजी क्षेत्रसँगको उक्त बैठक बोलाएका हुन्।
बैठकमा कोभिड–१९ ले नेपालको अर्थतन्त्रलाई पार्ने असर र त्यसबाट बच्न चाल्नुपर्ने कदमका विषयमा छलफल हुने बताइएको छ। निजी क्षेत्रका छाता संगठनहरूसँगको उक्त बैठकमा निजी क्षेत्रलाई विशेष प्याकेजको घोषणा गर्ने विषयमा समेत छलफल हुने बताइएको छ।
अर्थ मन्त्रालयले छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शलाई निम्तो दिएको छ। यसका साथै, होटल संघ नेपाल, एअरलाइन्स अपरेटर एशोसियसन र निर्यात व्यवसायीहरूको समेत उपस्थिति रहनेछ।
" /> काठमाडौं। नेपालको अर्थतन्त्रमा कोरोना भाइरस (कोभिड–१९)ले पार्ने असरबारे छलफल गर्न अर्थ मन्त्रालयले निजी क्षेत्रसँगको बैठक बोलाएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले आज निजी क्षेत्रसँगको उक्त बैठक बोलाएका हुन्।बैठकमा कोभिड–१९ ले नेपालको अर्थतन्त्रलाई पार्ने असर र त्यसबाट बच्न चाल्नुपर्ने कदमका विषयमा छलफल हुने बताइएको छ। निजी क्षेत्रका छाता संगठनहरूसँगको उक्त बैठकमा निजी क्षेत्रलाई विशेष प्याकेजको घोषणा गर्ने विषयमा समेत छलफल हुने बताइएको छ।

">