काठमाडौं। नेपाल आयल निगमले प्रतिदिन एक लाख सिलिण्डर ग्यास नेपाल भित्रिन थालेको बताएको छ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले २ चैतदेखि रक्सौल नाकाबाट मात्रै ८६ बुलेट ग्यास भन्सार पास भएर नेपाल आउने क्रममा रहेको बताए।
रक्सौलबाट आएको ग्यासमध्ये काठमाडौं उपत्यकामा ३८ वटा बुलेट आउनेछ।
उनले भने, “आजदेखि रक्सौलबाट ८६ बुलेट भन्सार पास भएर आउने क्रममा छन्। त्यो भनेको १२ सय ८५ लिटर अर्थात एक लाख सिलिण्डर हो।”
काठमाडौंका लागि ३८ र बाहिरका लागि ४८ वटा बुलेट तोकिएका छन्। त्यस बाहेक भैरहवा, नेपालगञ्ज, काकडभित्ता र धनगढीबाट ग्यासका बुलेट भित्रिने उनले जानकारी दिए।
निर्देशक पौडेलले २८ र २९ गते फागुनमा मात्रै तीन सय एक बुलेट अर्थात तीन लाख ७५ हजार सिलिण्डर नेपाल भित्रिएको बताए।
कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त बनिरहेका बेला नेपालमा डिजेल, पेट्रोल र ग्यास लगायत दैनिक उपभोग्य वस्तुको अभाव हुने भन्दै उपभोक्ताहरू त्रसित भइरहेको बेला निगमले केही दिनबाटै ग्यासको अभाव टर्ने बताएको हो।
ग्यासको भण्डारण नभएका कारण माग बढी हुने वित्तिकै केही समस्या देखिने भएपनि अभाव नै नहुने पौडेलको भनाई छ। विपदको समयमा बजारमा कृत्रिम अभावका घटनाहरू हुने गरेको उनले बताए।
" /> काठमाडौं। नेपाल आयल निगमले प्रतिदिन एक लाख सिलिण्डर ग्यास नेपाल भित्रिन थालेको बताएको छ।नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले २ चैतदेखि रक्सौल नाकाबाट मात्रै ८६ बुलेट ग्यास भन्सार पास भएर नेपाल आउने क्रममा रहेको बताए।

">