काठमाडौं। आउँदो ६ चैतदेखि एसईई परीक्षा हुने मिति तय छ। कोभिड-१९ को महामारीबाट जोगिन सरकारले दिएको निर्देशनबमोजिम कक्षा १ देखि ९ सम्मको परीक्षा ५ चैतमा सकिँदैछ।
त्यसको भोलिपल्ट शुरू हुने एसईई भने हुने वा नहुने टुंगो लागेको छैन। विश्वव्यापी महामारी बनेको कोभिड-१९ का कारण एसईई परीक्षा तत्काल रोक्नुपर्ने आवाज उठिरहेको छ।
सरकारले भने एसईई परीक्षा कहिलेबाट सञ्चालन गर्ने भन्नेमा केही दिनमै टुंगो लाग्ने जनाएको छ। आज राष्ट्रिय सभा बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले एसईई परीक्षा सञ्चालन कहिलेबाट गर्ने भन्ने विषय केही दिनमा नै टुङ्गो लगाउने बताए।
स्वास्थ्यमन्त्री ढकालले भने, “अहिलेसम्म नेपालमा यो संक्रमण भित्रिएको छैन। १ देखि ९ कक्षाको परीक्षा सकिएपछि स्कूलहरू बिदा हुन्छन्। यस्तै एसईई परीक्षा सञ्चालन कहिलेबाट गर्ने हो, हामी एकदुई दिनमै निर्णय गर्नेछौं।”
अन्य देशको अवस्था हरेर नेपालमा संक्रमण फैलियो भने कसरी अगाडि बढ्ने भन्नेमा सरकार तयारी अवस्थामा रहेको उनले बताए । “हाम्रैजस्ता अन्य मूलुकको अवस्था हेर्दा ८० प्रतिशत सामान्य उपचार गरेर निको हुने बिरामी, १५ प्रतिशत आइसोलेसन कक्षमा राख्नुपर्ने र ५ प्रतिशत बिरामीलाई जटिल खालको उपचार आवश्यकता पर्न सक्छ। त्यहीअनुरूप सरकारले तयारी गरेको छ”, उनले भने।
" /> काठमाडौं। आउँदो ६ चैतदेखि एसईई परीक्षा हुने मिति तय छ। कोभिड-१९ को महामारीबाट जोगिन सरकारले दिएको निर्देशनबमोजिम कक्षा १ देखि ९ सम्मको परीक्षा ५ चैतमा सकिँदैछ।त्यसको भोलिपल्ट शुरू हुने एसईई भने हुने वा नहुने टुंगो लागेको छैन। विश्वव्यापी महामारी बनेको कोभिड-१९ का कारण एसईई परीक्षा तत्काल रोक्नुपर्ने आवाज उठिरहेको छ।

">