काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मन्त्रालय माताहातका कर्मचारीलाई दिनरात नभनि खटिन निर्देशन दिएका छन्।
मन्त्री भट्टले कोरोना भाइरस (कोभिड–१९)को नाममा उपभोक्तालाई ठगिनबाट बचाउन र कालोबजारी रोक्न कर्मचारीलाई नसुति काम गर्न निर्देशन दिएका हुन्।
विश्व उपभोक्ता दिवसको अवसरमा वाणिज्य विभागमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, “विश्वमा कोरोना भाइरस महामारीको रूपमा देखिएपछि नेपालमा सबैभन्दा बढी जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आएको छ।”
यतिबेला विश्व अघोषित संकटकालमा रहेको र नेपाल उक्त संकटको उच्च जोखिममा रहेको बताएका उनले यो जोखिमविरुद्ध लड्न सरकार, उपभोक्ता, व्यवसायी र कानून व्यवसायी एकै ठाँउमा उभिनुपर्ने बताए।
विगतमा जस्तै एकले अर्कालाई दोष देखाएर उन्मुक्ति पाउने अवस्था नरहेकाले उपभोक्ताले दिएको सूचनाअनुसार कालोबजारी रोक्न दिनरात नभनी खट्न निर्देशन दिएका हुन्।
" /> काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मन्त्रालय माताहातका कर्मचारीलाई दिनरात नभनि खटिन निर्देशन दिएका छन्।मन्त्री भट्टले कोरोना भाइरस (कोभिड–१९)को नाममा उपभोक्तालाई ठगिनबाट बचाउन र कालोबजारी रोक्न कर्मचारीलाई नसुति काम गर्न निर्देशन दिएका हुन्।

">