कोभिड-१९ सँग जुध्‍न सामूहिक प्रयत्‍न गरौं- भारतीय प्रम नरेन्द्र मोदी <p>काठमाडौ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड-१९ को महामारीसँग जुध्न सार्क देशका सबै देश मिलेर अघि बढ्नुपर्ने बताएका छन्। &quot;हामीले मिलेर तयारी गर्नुपर्छ, मिलेर काम गर्नुपर्छ र मिलेर विजय पाउनुपर्छ&quot;, अहिले शुरू भएको सार्क देशका सरकार प्रमुखहरूको भिडिओ कन्फ्रेन्सलाई सम्बोधन गर्दै उनले उक्त धारणाा राखेका हुन्।</p> <p>&quot;तयार हुनु तर त्रसित नहुनु हाम्रो मन्त्र हो&quot;, कोभिड-१९ सँग जुध्न भारतले गरेको अभ्यास व्याख्या गर्दै मोदीले भने, &quot;परिस्थिति कतिसम्म जटिल भएर जान्छ हामीले अनुमान गर्न सक्दैनौं तर हामी यससँग जुध्न सक्दो प्रयत्न गर्न सक्छौं।&quot;</p> <p>उनले सामुहिक प्रयत्नका लागि अनुभव साटासाट गर्न आवश्यक भएकैले भिडिओ कन्फ्रेन्स आह्वान गरेको बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्