काठमाडौं। काेरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई सबै प्रदेशका मुख्यमन्त्रीहरूले प्रदेशस्तरमा कोभिड-१९ विरूद्धको तयारी ब्रिफिङ गरेका छन्।
उच्चस्तरीय समन्वय समितिका संयोजक एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलको संयोजकत्वमा आज सिंहदरबारमा भएको छलफलमा सातै प्रदेशका मुख्यमन्त्रीहरूले आ-आफ्नो तयारीको जानकारी गराएका हुन्।
छलफलमा सहभागी प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले देखापढीसँग भने, “छलफलमा कोरोना भाइरस महामारी रोकथामका लागि प्रदेश र स्थानीय सरकारले गरेको तयारी सबै मुख्यमन्त्रीहरूबाट प्रस्तुत भयो। समन्वय समितिले गर्नुपर्ने थप तयारीमा विषयमा पनि हामीले सुझाव दिएका छौं।”
संघीय र प्रदेश सरकारका बीचमा समन्वय र सही सूचना आदानप्रदान गर्नको लागि सूचना प्रणालीको व्यवस्था गर्न मुख्यमन्त्रीहरूले समन्वय समितिलाई सुझाव दिएका थिए।
त्यसैगरी, आवश्यक नाकाहरू सिल गर्न, त्यहाँ हेल्थ डेस्क राखी प्रभावकारीरूपमा स्वास्थ्य जाँचको व्यवस्था गर्न, आवश्यक मात्रामा स्वास्थ्यकर्मीहरूको परिचालन गर्न र उनीहरूको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी र भत्ताको व्यवस्था गर्न मुख्यमन्त्रीहरू उच्चस्तरीय समन्वय समितिलाई सुझाव दिएका छन्।
मुख्यमन्त्रीहरूबाट ब्रिफ्रिङ र सुझाव सुनेपछि बैठककाे अध्यक्षता गरेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले मुख्यमन्त्रीहरूबाट आएको सुझावको विषयमा ३ चैतमा उच्चस्तरीय समन्वय समितिको बैठक बसेर आवश्यक निर्णय गर्ने बताएका छन्।
पोख्रेलले सबै प्रदेशलाई काेरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बनाएर काम गर्न मुख्यमन्त्रीहरूलाई सुझाव दिएका छन्।
" /> काठमाडौं। काेरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई सबै प्रदेशका मुख्यमन्त्रीहरूले प्रदेशस्तरमा कोभिड-१९ विरूद्धको तयारी ब्रिफिङ गरेका छन्।

">