'कोभिड-१९ को महामारीसँग जुध्न क्षेत्रीय संयन्त्र बनाउनुपर्छ': श्रील‌ंकाली राष्ट्रपति राजपाक्षे
काठमाडौं। श्रीलंकाका राष्ट्रपति गोटबाया राजपाक्षेले कोभिड-१९ को महामारीसँग जुध्न क्षेत्रीय संयन्त्र बनाउनुपर्ने बताएका छन्। "क्षेत्रीय संयन्त्र बनाउन मेरो सुझाव छ", अहिले जारी सार्क देशका सरकार प्रमुखहरूको भिडिओ कन्फ्रेन्सलाई सम्बोधन गर्दै राजपाक्षेले भने।

"हाम्रो ठूलो चुनौति भाइरसलाई श्रीलंका प्रवेशबाट रोक्नु र यसको फैलावटलाई नियन्त्रण गर्नु हो", राजपाक्षेले भने, "त्यसका लागि पर्यटन रोक्नुपर्छ। खासगरी दक्षिण कोरिया, यूरोप, इरानबाट पर्यटक आउन रोक्नुपरेको छ।"

उनले श्रीलंकाको सरकारले रोकथामका लागि प्रभावकारी रुपमा काम गरेको जनाए।

"सबै विश्वविद्यालय र शैक्षिक संस्था बन्द गरिएको छ", राजपाक्षेले भने, "१२ अस्पतालको व्यवस्था गरिएको छ। दुई साताका लागि धार्मिक कार्यक्रमहरु पनि रोकिएको छ। अन अराइभल भिसा सबै देशका लागि बन्द गरिएको छ। मुख्य खेलकुद प्रतियोगिता र अन्तर्राष्ट्रिय कार्यक्रम रद्ध गरिएको छ।"

श्रीलंकामा अहिलेसम्म  ११ केस देखिएको भए पनि कसैको मृत्यु भएको छैन।

नेपालमाजस्तै श्रीलंकामा पनि ३४ चीनको वुहानबाट उद्धार गरिएको थियो। उनीहरूलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिएको थियो। उनीहरु कसैमा पनि कोभिड–१९ देखिएन। चीनका अन्य भागबाट फिर्ता आएका ७१५ जना विद्यार्थीलाई भने सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको थियो।

राष्ट्रपति राजपाक्षेले भने, "धेरै श्रीलंकाली नागरिकले दक्षिण कोरिया र इटालीमा काम गरिरहेका छन्। हामीले उनीहरुलाई देश फर्कन रोक्न सकिदैन। तर १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने अनिवार्य गरेका छौं।"

राष्ट्रपति राजपाक्षेले अन्य ठूला भीडभाड रोकिएको भए पनि चुनाव भने तोकिएकै समयमा हुने बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्