काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ विरुद्ध लड्न दक्षिण एशियाली राष्ट्रहरुको आपतकालीन कोष गठन गरिने र त्यसका लागि भारतले १ करोड अमेरिकी डलर दिने घोषणा गरेका छन्।
आज दक्षिण एशियाली राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखहरूसँग गरेको भिडिओ कन्फ्रेन्समा भारतीय प्रधानमन्त्री मोदीले आपतकालीन कोष गठनको प्रस्ताव गर्दै यस्तो घोषणा गरेका हुन्।
“कोभिड–१९ इमर्जेन्सी फन्ड बनाउने, त्यसमा स्वेच्छिक योगदान गर्ने मेरो प्रस्ताव छ, भारतले यसमा १० मिलियन अमेरिकी डलर दिने घोषणा गर्दछु”, मोदीले भने, “हाम्रो परराष्ट्र सचिव र राजदूतले यसको प्रयोगमा समन्वय गर्नेछन्।”
त्यसक्रममा मोदीले गम्भीर समस्या भोगिरहेकोमा सार्क राष्ट्रहरू सहमत भएको र सबैले सँगै मिलेर काम गर्न जरुरी भएको उल्लेख गरे।
उनले भने, “समन्वयबाट, सहकार्यबाट र साझा तयारीबाट हामी यसलाई रोक्न सक्छौं।”
यो महामारी पहिलो र अन्तिम दुवै नभएको मोदीले बताए। उनले यसले पार्ने दीर्घकालीन आर्थिक प्रभावबारे छलफल गर्न पनि आग्रह गरे।
“दीर्घकालीन आर्थिक प्रभावबारे छलफल गरौं”, मोदीले भने।
" /> काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ विरुद्ध लड्न दक्षिण एशियाली राष्ट्रहरुको आपतकालीन कोष गठन गरिने र त्यसका लागि भारतले १ करोड अमेरिकी डलर दिने घोषणा गरेका छन्।

">