कोभिड-१९सँग जुध्न सार्क सचिवालय सक्रिय बनाऔं - पाकिस्तान

काठमाडौं। पाकिस्तानका स्वास्थ्यमन्त्री डा. जफर मिर्जाले कोभिड-१९ सँग जुध्न सार्क सचिवालय नै मुख्य प्लेटफर्म भएको उल्लेख गरेका छन्। "यो राष्ट्रिय अनुभव, वित्तीय र अन्य सहयोग बाँड्ने उपयुक्त संयन्त्र हो", उनले भने।

चिकित्सकसमेत रहेका उनले कोभिड-१९ विरूद्ध जुध्न अत्यन्त दूरावस्थाको तयारी गर्नुपर्ने बताएका छन्।

"सार्क क्षेत्रमा हामीले ज्यादै दूरावस्थाका लागि तयारी गर्नुपर्छ", अहिले जारी सार्क स्तरीय भिडिओ कन्फ्रेन्समा पाकिस्तानका तर्फबाट सहभागिता जनाउँदै डा. मिर्चाले भने, "वर्किङ ग्रुप स्थापना गर्नु र डेटा एक्स्चेन्ज गर्नु प्रमुख काम हुनुपर्छ।"

उनले सार्क स्वास्थ्य मन्त्री स्तरीय सम्मेलन छिट्टै गर्न आह्वान गरेका छन् । "विश्व स्वास्थ्य संगठनलाई सामेल गरौं। एकअर्काका अनुभवबाट सिकैं । खासगरी चीनबाट सिकौं।"

उनले पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिले कोरोना भाइरसको संक्रमणको फैलावट रोक्न काम गरिरहेको उल्लेख गरे ।

"तीन साताको लागि शैक्षिक संस्था बन्द गरिएको छ। पश्चिम नाका बन्द गरिएको छ। सार्वजनिक भिडभाड बन्द गरिएको छ। तीन विमानस्थलबाट मात्र अन्तर्राष्ट्रिय उडान अनुमति बन्द गरिएको छ। राष्ट्रिय प्रकोप व्यवस्थापन समितिले सबै समन्वय गर्ने व्यवस्था गरिएको छ ।"

डा. मिर्जाले भारत प्रशासित जम्मु-काश्मिरमा पनि कोभिड-१९का बिरामी भेटिएको उल्लेख गर्दै त्यसलाई थप फैलिन नदिन त्यहाँ लगाइएको प्रतिबन्ध हटाउनुपर्ने माग समेत गरे।

प्रतिक्रिया दिनुहोस्