काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा आज भएको भिडिओ कन्फ्रेन्समा सार्क राष्ट्रका नेताहरू क्षेत्रीयस्तरको संयन्त्र बनाउन सहमत भएका छन्।
कन्फ्रेन्समा नेपाल, भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स, भुटान र अफगानिस्तानका राष्ट्रपति/प्रधानमन्त्री सहभागी थिए। पाकिस्तानबाट भने स्वास्थ्यमन्त्री सहभागी भए।
सन् २०१४ मा नेपालमा सार्कको १८औं शिखर सम्मेलन भएपछि भारतीय उपेक्षाका कारण पाकिस्तानमा तोकिएको सम्मेलन हुन सकेको छैन।
आजको बैठकमा सार्कका सदस्य राष्ट्रहरूले कोभिड-१९ को महामारीविरुद्ध जुध्न क्षेत्रीयस्तरको सक्रिय संयन्त्रको आवश्यकता औंल्याए। सार्कलाई पुनः सक्रिय बनाउनुपर्ने उपयुक्त समय आएको भन्दै उनीहरूले सार्क सचिवालय नै यस्ता छलफलको उपयुक्त प्लेटफर्म रहेको बताए।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सार्कका सदस्य राष्ट्रहरूबीच सहकार्य गर्नुपर्नेमा जोड दिइन्। उनले भनिन्, “सार्क चार्टरमा नै जनस्वास्थ्यका विषयमा सहकार्य गर्न सकिने उल्लेख छ, त्यसैअनुसार हामीले सहकार्य गर्न सक्छौं।”
पाकिस्तानका स्वास्थ्यमन्त्री डा. जफर मिर्जाले कोभिड-१९ सँग जुध्न सार्क सचिवालय नै मुख्य प्लेटफर्म भएको उल्लेख गरे। "यो राष्ट्रिय अनुभव, वित्तीय र अन्य सहयोग बाँड्ने उपयुक्त संयन्त्र हो", उनले भने।
उक्त कन्फ्रेन्समा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड-१९ विरुद्ध जुध्न आपतकालीन कोष आवश्यक रहेको बताउँदै त्यसमा भारतले एक करोड डलर दिने घोषणा गरे। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कोषमा नेपालले पनि योगदान गर्ने बताएका थिए।
प्रधानमन्त्री ओलीले यो महामारीको कुनै क्षेत्रीय र राजनीतिक सीमा नभएको बताए। यो साझा चुनौती भएको भन्दै यसविरुद्ध मिलेरै सामना गर्नुपर्ने धारणा राखे। “सार्कका जुनसुकै देशलाई आवश्यक पर्दा पनि पठाउन सक्ने गरी औषधि र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्नुपर्छ”, उनले भने, “जनस्वास्थ्यको यस्तो महत्त्वपूर्ण विषयमा आपसमा सहकार्य गर्न क्षेत्रीयस्तरको संयन्त्र बनाउनुपर्छ।”
कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउन क्षेत्रीयस्तरमा व्यापार र लगानीलाई प्रोत्साहित गर्नुपर्ने धारणा पनि प्रधानमन्त्री ओलीले राखे। उनले काेभिड-१९ विरूद्ध जुध्न नेपाल अलर्ट अवस्थामा रहेकाे बताए।
त्यस्तै भारतीय प्रधानमन्त्री मोदीले कोभिड-१९ को महामारीसँग जुध्न सार्क क्षेत्रका सबै देश मिलेर अघि बढ्नुपर्ने बताए। "हामीले मिलेर तयारी गर्नुपर्छ, मिलेर काम गर्नुपर्छ र मिलेर विजय पाउनुपर्छ", उनले भने।
त्यस्तै माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले कोभिड-१९ सँग जुध्न दीर्घकालीन रणनीति बनाउनुपर्ने बताए। राष्ट्रपति सोलिहले आफ्नो देशको अर्थतन्त्रमा ठूलो असर परेको बताएका थिए।
उनले कोभिड-१९ का कारण माल्दिभ्समा वैदेशिक मुद्राको अभाव भइरहेको उल्लेख गरे। सन् २००३ मा सार्स देखिँदा स्वास्थ्यमन्त्रीहरूको बैठकका लागि माल्दिभ्सले गरेको पहल स्मरण गर्दै उनले त्यस्तो बैठक पुनः गर्नुपर्ने बताए।
श्रीलंकाका राष्ट्रपति गोटबाया राजपाक्षेले पनि कोभिड-१९ को महामारीसँग जुध्न क्षेत्रीय संयन्त्र बनाउनुपर्ने बताए। "क्षेत्रीय संयन्त्र बनाउन मेरो सुझाव छ", भिडिओ कन्फ्रेन्सलाई सम्बोधन गर्दै राजपाक्षेले भने।
पाकिस्तानका स्वास्थ्यमन्त्री डा. मिर्जाले सार्क स्वास्थ्यमन्त्रीस्तरीय सम्मेलन छिट्टै गर्न आह्वान गरे। उनले भने, "विश्व स्वास्थ्य संगठनलाई सामेल गरौं। एकअर्काका अनुभवबाट सिकाैं। खासगरी चीनबाट सिकौं।"
त्यस्तै भुटानका प्रधानमन्त्री डा. लोते छिरिङले प्रकोपले साना अर्थतन्त्रमा बढी प्रभाव पार्ने बताउँदै मिलेर यसको सामना गर्नुपर्नेमा जोड दिएका थिए।
अफगानिस्तानका राष्ट्रपति असरफ घानीले पनि कोभिड-१९ विरुद्ध सार्क क्षेत्रका मुलुकले मिलेर लड्नुपर्ने बताएका थिए।
" /> काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा आज भएको भिडिओ कन्फ्रेन्समा सार्क राष्ट्रका नेताहरू क्षेत्रीयस्तरको संयन्त्र बनाउन सहमत भएका छन्।कन्फ्रेन्समा नेपाल, भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स, भुटान र अफगानिस्तानका राष्ट्रपति/प्रधानमन्त्री सहभागी थिए। पाकिस्तानबाट भने स्वास्थ्यमन्त्री सहभागी भए।

">