काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जटिल शल्यक्रियालगत्तै आफूले आयोजना गरेको भिडिओ कन्फ्रेन्समा सहभागी भएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आभार प्रकट गरेका छन्।
आज अपराह्न मोदीले दक्षिण एशियाली राष्ट्रका राष्ट्रप्रमुख, सरकार प्रमुख र सरकारका प्रतिनिधिसँग कोभिड–१९ विरुद्ध लड्ने साझा रणनीति बनाउने उद्देश्यले भिडिओ कन्फ्रेन्स गरेका थिए।
त्यसका निम्ति सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेर प्रधानमन्त्री ओली कन्फ्रेन्समा सहभागी भएका थिए।
“छोटो सूचनाका आधारमा पनि यो विशेष कन्फ्रेन्समा सहभागी भएकोमा म सबैप्रति आभारी छु”, मोदीले भने, “त्यसमा पनि हाम्रा मित्र, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष धन्यवाद, जो लगभग आफ्नो शल्यक्रिया लगत्तैजसो यो कन्फ्रेन्समा सहभागी हुनुभो।”
प्रधानमन्त्री ओलीको गत २१ फागुनमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्री ओलीलाई दुई दिनअघि, ३० फागुनमा मात्र अस्पतालले डिस्चार्ज गरेको थियो।
" /> काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जटिल शल्यक्रियालगत्तै आफूले आयोजना गरेको भिडिओ कन्फ्रेन्समा सहभागी भएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आभार प्रकट गरेका छन्।आज अपराह्न मोदीले दक्षिण एशियाली राष्ट्रका राष्ट्रप्रमुख, सरकार प्रमुख र सरकारका प्रतिनिधिसँग कोभिड–१९ विरुद्ध लड्ने साझा रणनीति बनाउने उद्देश्यले भिडिओ कन्फ्रेन्स गरेका थिए।

">