काठमाडौं। संघीय संसदको कार्यवाहक महासचिवको जिम्मेवारी प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले पाएका छन्।
संसदका महासचिव मनोहरप्रसाद भट्टराईले आजदेखि अवकास पाएसँगै योगीलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिइएको हो। उनले भाेलि, ३ चैतदेखि संघीय संसदको महासचिवको रूपमा काम गर्नेछन्।
अर्को महासचिव नियुक्त नहुँदासम्मका लागि महासचिवले गर्ने काम गर्ने जिम्मेवारीसहित सभामुख अग्निप्रसाद सापकोटाले योगीलाई कावा महासचिवको जिम्मेवारी दिएका हुन्।
‘तपाईंले महासचिवको हैसियतले कामकाज गरेको अवधिमा महासचिवले कानून बमोजिम खाईपाई आएको सुविधा पाउने गरी मिति २०७६।१२।०३ देखि आफूलाई तोकिएको जिम्मेवारी सम्हाल्न हुन अनुरोध छ’, सभामुख सापकोटाले भनेका छन्।
योगीलाई वरियताका आधारमा काबा महासचिवको जिम्मेवारी दिइएको संघीय संसद सचिवालयले जनाएको छ।
यसअघि योगीले महासचिव भट्टराईको अनुपस्थितिमा पटक-पटक निमित्त महासचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए।
" /> काठमाडौं। संघीय संसदको कार्यवाहक महासचिवको जिम्मेवारी प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले पाएका छन्।

">