डेढ महीनाका लागि विदेशीलाई पदयात्रामा रोक

काठमाडौं। कोरोना भाइरसको संक्रमण जोखिमप्रति सजगता अपनाउँदै सरकारले विदेशीलाई पदयात्राका लागि अनुमति दिन रोकेको छ।

अध्यागमन विभागले हिजो, २ फागुनमा सूचना जारी गर्दै १५ मार्च (२ चैत) ३० अप्रिल (१८ वैशाख २०७७) सम्मलाई अनुमति जारी नगर्ने जनाएको छ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको २० फागुनको बैठकले कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पूर्वतयारी र सतर्कता अपनाउने सम्बन्धमा विभिन्‍न निर्णय गरेको थियो।

सोही निर्णय अनुसार पदयात्रा अनुमति दिन केहि समयको लागि बन्द गरिएको विभागले जनाएको छ।

पदमार्गको मुख्य गन्तव्यहरूमा माथिल्लो मुस्ताङ, माथिल्लो डोल्पा, मनास्लु क्षेत्र, हुम्ला, ताप्लेजुङको फान्टाङलुङ, मिक्वाखोला र सिरिजंग क्षेत्र, तल्लो डोल्पा क्षेत्र, दोलखाको गौरीशंकर र बिघु क्षेत्र, गोरखा चुम भ्याली, संखुवासभाको भोटखोला र मकालु, सोलुखुम्बु, रसुवा, मनाङ, बझाङ, मुगु र दार्चुला छन्।

सरकारले यसअघि हिमाल आरोहणमा पनि रोक लगाइसकेको छ।

यस वर्ष बसन्त ऋतुभरका लागि दिइएको पर्वतारोहणको अनुमति रद्द गरिएको हो।

१ चैतदेखि १८ वैशाख २०७७ सम्म कसैले हिमाल आरोहण गर्न पाउने छैनन्।

सगरमाथा आरोहणका लागि दिइएका सबै अनुमतिसमेत रद्द गरिसकिएको छ।

यसअघि चीनले पनि उत्तरी क्षेत्रबाट सगरमाथा आरोहण गर्न रोक लगाएको थियो।

हिमाल आरोहण र पदयात्रा रोकको प्रत्यक्ष असर अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बोकेको पर्यटन क्षेत्रमा पर्ने निश्‍चित छ।

प्रतिक्रिया दिनुहोस्