काठमाडौं। साझा यातायातले कोरोना भाइरस संक्रमणबाट जोगिनको लागि हरेक दिन स्यानिटाइजर छर्केर मात्रै बस ग्यारेजबाट निकाल्न थालेको छ।
साझा यातायतका सबै बसहरू हरेक दिन साँझ धोएर सफा गर्ने गरिएको र बसमा रहनसक्ने किटाणु मार्नको लागि बसमा स्यानिटाइजर छर्कन थालिएको साझा यातायातका व्यवस्थापक महेन्द्रराज पाण्डेले बताए।
साझाले १ चैतबाट सबै बसमा स्यानिटाइजर हालेर सफा गर्न थालेको हो।
“बसका कर्मचारी र यात्रुहरूलाई भाइरस संक्रमण नहोस् भन्ने उद्देश्यले हरेक दिन बिहान बस छुट्ने बेलामा स्यानिटाइजर राख्न थालेका छौं। जोखिम कम नहुँदासम्म यो अभियान जारी राख्छौं”, पाण्डेले देखापढीसँग भने।
साझा सहकारी संस्थाका अध्यक्ष कणकमणि दीक्षित भन्छन्, “कोरोना भाइरसको संक्रमणबाट जोगिन ‘व्यक्तिगत दूरी’ कायम गर्नुपर्छ। तर, सार्वजनिक सवारी भएका कारण भीडभाड हुने गरी यात्रु बोक्दैनौ भन्न मिल्दैन तर, कम यात्रु भएका बेलामा भने यात्रुहरूलाई व्यक्तिगत दूरी कायम गरेर बस्न भन्ने गरेका छौं।”
साझाले बसका चालक र सहचालकको लागि मास्क अनिवार्य गरेको छ। त्यसैगरी, रूघाखोकी लागेको र ज्वरो आएका कर्मचारीलाई साझाका बसहरूमा नपठाउने गरिएको पाण्डेले जानकारी दिए।
" /> काठमाडौं। साझा यातायातले कोरोना भाइरस संक्रमणबाट जोगिनको लागि हरेक दिन स्यानिटाइजर छर्केर मात्रै बस ग्यारेजबाट निकाल्न थालेको छ।साझा यातायतका सबै बसहरू हरेक दिन साँझ धोएर सफा गर्ने गरिएको र बसमा रहनसक्ने किटाणु मार्नको लागि बसमा स्यानिटाइजर छर्कन थालिएको साझा यातायातका व्यवस्थापक महेन्द्रराज पाण्डेले बताए।

">