काठमाडौं। नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले नेतृत्व पुरानै हिसाबले हिँडेर कहीँ नपुगिने बताएका छन्।
कांग्रेस अब पुरै परिवर्तन हुनुपर्ने आवश्यकता औंल्याउँदै सिटौलाले युवाहरू नेतृत्वमा आउन जरुरी रहेको बताए।
“आफैंभित्र झगडा गरेर, रुमल्लिएर कहीँ पुगिनेवाला छैन। पुरानो ह्यङओभरबाट बाहिर निस्कन जरुरी छ”, आज आफ्नो समूहको छुट्टै भेला बोलाएका सिटौलाले भने, “युवाहरू नेतृत्व आउनुपर्ने जरुरी छ। युवाहरूले भूमिका पाउनुपर्छ।”
उनले १४औं महाधिवेन तोकिएकै मितिमा हुनुपर्ने माग पनि गरे।
“अब यही गतिले जाने हो भने महाधिवेशन नहुने खतरा बढ्दै जाने देखिन्छ। यसपटक १४औं महाधिवेशन जसरी पनि फागुनमा हुनैपर्छ”, सिटौलाले भने, “कार्यविधि र कार्यतालिकामा अहिले नै असर परिसकेको छ, यो तरिकाले राम्रो काम गर्दैन भन्ने हाम्रो प्रष्ट धारणा हो।”
उनले कुनैपनि बहानामा महाधिवेशन सार्न नमिल्ने टिप्पणी गरे। महाधिवेशन सारेमा कांग्रेसले ठूलो क्षति भोग्ने उनको तर्क छ।
“पार्टीलाई एकताबद्व रूपले बढाएर अगाडी बढाएर लैजान सक्नुपर्छ। हामीले ४ वर्षको कार्यकालमा जे गर्नुपर्ने थियो त्यो हुन सकेको छैन”, उनले भने, “अहिलेसम्म बनाएको कार्यविधि नै प्रभावित भइसकेको छ। फागुन सकिँदा पनि क्रियाशील सदस्यता दिन सकिएको छैन। आउँदो फागुनमै महाधिवेशन गर्न अब कडा रूपले दबाब सिर्जना गर्नुपर्छ।”
उनले आफ्नो समूहले पार्टीको नेतृत्व लिनेगरी लाग्नुपर्ने पनि बताए।
“हाम्रो समूहका सबै साथीहरू सबै एक ठाँउमा छन्। यो विस्तारित हुँदैछ। पार्टीलाई नेतृत्व दिएर समय सापेक्ष गति दिन सक्ने हाम्रो समूहको काम हो”, सिटौलाले थपे, “आन्तरिक लोकतन्त्र बलियो बनाउने हाम्रो अभियान हो। कुनै पनि हालतमा महाधिवेशन सार्ने काम हुनु हुँदैन, हामीले पार्टीभित्र यो मुद्दालाई जोडतोडका साथ लैजानुपर्छ।”
सिटौलाले कांग्रेसको आसन्न १४औं महाधिवेशनको रणनीति बनाउन भेलाको आयोजना गरेको बताइएको छ।
भेलामा सिटौला, गगन थापा, प्रदीप पौडेल, भिमसेनदास प्रधान, धना खतिवडा, शिव हुमागाई, मुक्ता यादव, उमाकान्त चौधरीलगायत करीब २०० कार्यकर्ता सहभागी छन्।
पढ्नुहोस्
नेपाली कांग्रेस: काठमाडौंमा सिटौला समूहको छुट्टै भेला
" /> काठमाडौं। नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले नेतृत्व पुरानै हिसाबले हिँडेर कहीँ नपुगिने बताएका छन्।कांग्रेस अब पुरै परिवर्तन हुनुपर्ने आवश्यकता औंल्याउँदै सिटौलाले युवाहरू नेतृत्वमा आउन जरुरी रहेको बताए।

">