चितवन। कोरोना भाइरस संक्रमणको सन्त्रासले पर्यटक आउन छाडेपछि सौराहाका होटल व्यवसायीले बैंकको ब्याज र किस्ता बुझाउन नसक्ने भन्दै सरकारसँग सहयोग माग गरेका छन्। ब्याज छुट र किस्ताको भाका बढाइदिन उनीहरूले आग्रह गरेका हुन्।
क्षेत्रीय होटल संघले बैठक बसी सरकारसँग ब्याज छुट र किस्ताको भाका बढाइदिन माग गर्ने निर्णय गरेको हो। संघका अध्यक्ष दीपक भट्टराईका अनुसार कम्तीमा ६ महीनाको ब्याज मिनाहा गरिदिन र किस्ताको भाका पछाडि सारिदिन सरकारसँग माग गर्ने निर्णय गरिएको छ।
नेपाल होटल एशाेसिएसनले ५ चैतमा बैठक बोलाएको भन्दै भट्टराईले सोपश्चात सरकारसँग माग अघि बढाइने जानकारी दिए।
पर्यटक घुम्ने मुख्य मौसममा कोरोना भाइरस संक्रणको सन्त्रासले सौराहाका होटलहरू सुनसान जस्तै भएका छन्। अहिले भएका विदेशी पर्यटकसमेत आफ्नो देशले फिर्ता बोलाएपछि फर्कन थालेका छन्। नयाँ सबैको बुकिङ् रद्द भएको छ। उनका अनुसार अहिले दैनिक २०० को हाराहारीमा मात्र पर्यटक छन्। गत वर्ष यतिबेला झण्डै पाँच हजार पर्यटक हुने गरेका थिए।
अहिलेको कमाइले कर्मचारीको दैनिक खानपानसमेत धान्न नसकेपछि अधिकांश होटलले कर्मचारीलाई बिदा दिन थालेका छन्। सौराहामा ११५ वटा होटल सञ्चालनमा छन्। भट्टराईको भनाइमा एउटा होटलको एक करोडदेखि ३० करोड रूपैयाँसम्म बैंकिङ ऋण छ।
यकिन तथ्याङ्क नभए पनि सौराहाका होटल बनाउन आठ अर्ब रूपैयाँभन्दा बढी लगानी भएको व्यवसायी बताउँछन्। यो लगानी जग्गा बाहेकको हो। सोही हाराहारी बैंकको ऋण छ।
सौराहामा द्वन्द्वकालसँगै भूकम्प र नाकाबन्दीको समयमा व्यापारमा निकै गिरावट आएको थियो। अहिले त्योभन्दा बढी प्रभाव देखिने अवस्था आएको व्यवसायीहरू बताउँछन्। त्यतिबेला आन्तरिक पर्यटक आएको भए पनि अहिले नेपालीसमेत बाहिर निस्कन डराएको देखिन्छ। सरकारले सभा, सम्मेलन जस्ता ठूला कार्यक्रम नगर्न अनुरोध गरिसकेको छ।
कोभिड-१९ काे सन्त्रासकाे प्रभाव होटलमा देखिएपछि यसले अन्य क्षेत्रमा नराम्रो असर पुर्याएको छ। पर्यटकबाट आश्रित साना होटल, रेष्टुरेन्ट, पसल, डुङ्गा, हात्ती, जीप, पर्यटक बसजस्ता पर्यटन व्यवसाय प्रभावित भएका छन्, जसबाट सरकारको राजश्वमा पनि प्रभाव देखिने भएको छ।
यससँगै कुखुराको मासु र अण्डाको खपत घटेपछि मूल्यमा गिरावट आउन थालेको छ। व्यापार घटे पनि रोग नभित्रिएमा आउँदा दिनमा ऋण तिर्न सकिने भन्दै अहिलेका लागि टिक्न सरकारको सहयोग आवश्यक रहेको अध्यक्ष भट्टराईकाे भनाइ छ।
" /> चितवन। कोरोना भाइरस संक्रमणको सन्त्रासले पर्यटक आउन छाडेपछि सौराहाका होटल व्यवसायीले बैंकको ब्याज र किस्ता बुझाउन नसक्ने भन्दै सरकारसँग सहयोग माग गरेका छन्। ब्याज छुट र किस्ताको भाका बढाइदिन उनीहरूले आग्रह गरेका हुन्।क्षेत्रीय होटल संघले बैठक बसी सरकारसँग ब्याज छुट र किस्ताको भाका बढाइदिन माग गर्ने निर्णय गरेको हो। संघका अध्यक्ष दीपक भट्टराईका अनुसार कम्तीमा ६ महीनाको ब्याज मिनाहा गरिदिन र किस्ताको भाका पछाडि सारिदिन सरकारसँग माग गर्ने निर्णय गरिएको छ।

">