भद्रपुर। पूर्वीनाका काँकडभिट्टाबाट कोभिड-१९ को संक्रमण फैलन नदिन र जाँच व्यवस्थित बनाउन मेचीनगर नगरपालिकाले स्वयंसेवक परिचालन गरेको छ।

नगरभित्रका विभिन्न संघसंस्थाका ४० प्रतिनिधिको टोलीले आजदेखि आलोपालो गरेर बिहान ६ देखि बेलुका १० बजेसम्म भीडभाड व्यवस्थापन गर्ने तथा अनावश्यकरूपमा भारततिर नजान अनुरोध गर्ने गरेको छ।

मेची उद्योग वाणिज्य संघको अध्यक्षतामा आज नगरपालिकाले विभिन्न संघसंस्थाका प्रतिनिधिसहितको स्वयंसेवक परिचालन समिति गठन गरेपछि उनीहरू आजदेखि सक्रिय भएर नाकामा काम गर्न थालेका हुन्।

स्वयंसेवकका रूपमा काम गर्नेलाई मेची उद्योग वाणिज्य सङ्घले पाँच इन्फ्रारेड थर्मामिटर (ज्वरो नाप्ने यन्त्र), एप्रोन, मास्क, टोपी र पञ्जाको व्यवस्था गरेको संघका अध्यक्ष ऋषि तिम्सिनाले बताए। उनका अनुसार दैनिक ४० जनाले चार टोली बनाएर दिनको चारचार घण्टा नाकामा बसेर स्वयंसेवक काम गर्नेछन्।

“दैनिक १० हजारभन्दा बढीको संख्यामा भारततिरबाट मानिसहरू नेपाल आउँदा रहेछन्”, उनले भने, “पूर्वी नाका मुख्य भएको र यहाँ हेल्थ डेस्कमा रहेका पाँचजना स्वास्थ्यकर्मीबाट मात्र सतर्कता अपनाउन र ज्वरो नाप्न सम्भव नभएपछि हामी लागेका हौँ।”

उनले मेची उद्योग वाणिज्य संघले खरिद गरेर ल्याएको पाँच र सहायता कक्षमा नगरपालिकाले दिएको तीन इन्फ्रारेड थर्मामिटरले समेत अपुग भएका कारण थप १५ थर्मामिटर भारतको सिलगुढीबाट मगाइसकिएको बताए।

मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले पूर्वी नाका प्रदेश १ कै मुख्य नाका भएको हुँदा उच्च सतर्कता अपनाउनुपर्ने र सचेतनामूलक कार्यक्रम गर्ने उद्देश्यले समिति गठन गरिएको बताए। उनले नगरपालिकाले समितिलाई चाहिने आवश्यक सामग्री खरिद गरेर उपलब्ध गराउने बताउँदै भने, “नाकामा आवश्यक कामबाहेक भारततिर ओहोरदोहोर गर्नेलाई समेत समितिले रोक्छ।”

" /> भद्रपुर। पूर्वीनाका काँकडभिट्टाबाट कोभिड-१९ को संक्रमण फैलन नदिन र जाँच व्यवस्थित बनाउन मेचीनगर नगरपालिकाले स्वयंसेवक परिचालन गरेको छ।

नगरभित्रका विभिन्न संघसंस्थाका ४० प्रतिनिधिको टोलीले आजदेखि आलोपालो गरेर बिहान ६ देखि बेलुका १० बजेसम्म भीडभाड व्यवस्थापन गर्ने तथा अनावश्यकरूपमा भारततिर नजान अनुरोध गर्ने गरेको छ।

मेची उद्योग वाणिज्य संघको अध्यक्षतामा आज नगरपालिकाले विभिन्न संघसंस्थाका प्रतिनिधिसहितको स्वयंसेवक परिचालन समिति गठन गरेपछि उनीहरू आजदेखि सक्रिय भएर नाकामा काम गर्न थालेका हुन्।

स्वयंसेवकका रूपमा काम गर्नेलाई मेची उद्योग वाणिज्य सङ्घले पाँच इन्फ्रारेड थर्मामिटर (ज्वरो नाप्ने यन्त्र), एप्रोन, मास्क, टोपी र पञ्जाको व्यवस्था गरेको संघका अध्यक्ष ऋषि तिम्सिनाले बताए। उनका अनुसार दैनिक ४० जनाले चार टोली बनाएर दिनको चारचार घण्टा नाकामा बसेर स्वयंसेवक काम गर्नेछन्।

“दैनिक १० हजारभन्दा बढीको संख्यामा भारततिरबाट मानिसहरू नेपाल आउँदा रहेछन्”, उनले भने, “पूर्वी नाका मुख्य भएको र यहाँ हेल्थ डेस्कमा रहेका पाँचजना स्वास्थ्यकर्मीबाट मात्र सतर्कता अपनाउन र ज्वरो नाप्न सम्भव नभएपछि हामी लागेका हौँ।”

उनले मेची उद्योग वाणिज्य संघले खरिद गरेर ल्याएको पाँच र सहायता कक्षमा नगरपालिकाले दिएको तीन इन्फ्रारेड थर्मामिटरले समेत अपुग भएका कारण थप १५ थर्मामिटर भारतको सिलगुढीबाट मगाइसकिएको बताए।

मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले पूर्वी नाका प्रदेश १ कै मुख्य नाका भएको हुँदा उच्च सतर्कता अपनाउनुपर्ने र सचेतनामूलक कार्यक्रम गर्ने उद्देश्यले समिति गठन गरिएको बताए। उनले नगरपालिकाले समितिलाई चाहिने आवश्यक सामग्री खरिद गरेर उपलब्ध गराउने बताउँदै भने, “नाकामा आवश्यक कामबाहेक भारततिर ओहोरदोहोर गर्नेलाई समेत समितिले रोक्छ।”

"> पूर्वीनाकामा मेचीनगरद्वारा ४० स्वयंसेवक परिचालित: Dekhapadhi
पूर्वीनाकामा मेचीनगरद्वारा ४० स्वयंसेवक परिचालित

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्