कोभिड-१९ सँग जुध्न गरिएको तयारीबारे कुटनीतिक वृत्तलाई सरकारको जानकारी

काठमाडौं। परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले काठमाडौंमा रहेका विभिन्न देशका कुटनीतिज्ञहरूलाई कोभिड-१९सँग जुध्न सरकारले गरेको तयारीबारे जानकारी दिएका छन्।

आज परराष्ट्र मन्त्रालयमा उनले कुटनीतिक वृत्तलाई सरकारले गरेको तयारी र अपनाएका सावधानीका उपायबारे जानकारी गराएका हुन्।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोभिड-१९ सँग संयुक्त रूपमा जुध्न विभिन्न कुटनीतिक पहलहरू शुरू भएका छन्। ३ फागुनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा सार्क देशका सरकार प्रमुख र प्रतिनिधीहरूको भिडिओ कन्फ्रेन्स भएको थियो। उक्त कन्फ्रेन्समा भारतीय प्रधानमन्त्री मोदीले कोभिड-१९को रोकथाम र उपचारका लागि आपतकालीन कोष खडा गर्ने प्रस्ताव गरेका थिए । उनले उक्त कोषमा भारतका तर्फबाट एक करोड अमेरिकी डलर प्रदान गरिने जनाएका थिए।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कोषमा नेपालको पनि योगदान रहने जनाउँदै सार्क देशमा कुनै पनि देशमा संकट आइहाले परिचालन गर्नेगरी औषधीसहितको स्वास्थ्यकर्मीको टोली तैनाथ राख्न प्रस्ताव गरेका थिए।

प्रतिक्रिया दिनुहोस्