काठमाडौं। प्रहरी प्रधान कार्यालयले दैनिक उपभोग्य वस्तुको अभाव सिर्जना गरेर कालोबजारी गर्नेविरुद्ध गोप्य रूपले देशैभर अपरेसन थाल्न मातहतका निकायकालाई निर्देशन दिएको छ।

प्रहरी प्रधान कार्यालय नक्सालले देशका ७७ वटै जिल्लामा निर्देशन दिएको छ। उपत्यका क्षेत्रमा पनि विशेष अपरेसन अगाडी बढाउन प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले नै मातहतका प्रमुखलाई बोलाएर निर्देशन दिएका छन्।

“आज आईजीपी साबले महानगरीय प्रहरी कार्यालय र मातहतका सबै युनिटका प्रमुखलाई बोलाएर निर्देशन दिनुभएको छ”, नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआईजी शैलेश थापा क्षेत्रीले भने, “कालोबजारी गर्नेविरुद्ध आक्रामक हिसाबले प्रस्तुत हुन निर्देशन दिइएको छ।”

प्रहरी महानिरीक्षक ज्ञवालीले कुनै पनि बहानामा दैनिक उपभोग्य वस्तुको अभाव सिर्जना गरेर उपभोक्तालाई असहज वातावरण सिर्जना गर्ने कसैलाई पनि उन्मुक्ति नदिन कडा रूपले प्रस्तुत हुन निर्देशन दिएका छन्।

प्रहरी प्रवक्ता क्षेत्रीका अनुसार प्रहरी प्रधान कार्यालयले देशका ७७ वटै जिल्लामा निर्देशन दिदै गोप्य रूपले अनुगमन गर्न र दोषी देखिए कारबाही गर्न भनेको छ।

कालोबजारी गरिरहेको, दैनिक उपभोग्य वस्तुको अभाव सिर्जना गरिरहेको भेटिए तत्कालै १०० नम्बरमा वा नजिकैको प्रहरीमा खबर गर्न प्रहरीले अनुरोध  गरेको छ।

बजार अनुगमन गर्ने अधिकार प्रहरीलाई नभए पनि प्रहरीले गोप्य रूपले कालोबजारी गर्नेविरुद्ध अपरेसन चलाउन शुरू गरिसकेको छ। उपत्यकाको कपन, सतुङ्गल लगायतका क्षेत्रमा मास्कको कालोबजारी गर्नेविरुद्ध अपरेसन चलाएको प्रहरीले दुईदिनमा झण्डै १० लाख मास्क बरामद गरेको छ।

कोभिड–१९ को संक्रमणले विश्वभरी महामारी फैलिरहेका बेला नेपालमासमेत त्यसैको मौका छोपेर दैनिक उपभोग्य वस्तुको अभाव सिर्जना गर्ने काम भइरहेको छ।

सरकारले दैनिक उपभोग्य कुनै पनि वस्तुको अभाव नरहेको र नियमित रूपले खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ लगायतका वस्तुको आयात निरन्तर भइरहेको बताइरहेको छ। तर, बजारमा भने दैनिक उपभोग्य वस्तुको अभाव देखिन थालेको छ।

प्रवक्ता क्षेत्रीले कसैले कालोबजारी गरिरहेको, दैनिक उपभोग्य वस्तुको अभाव सिर्जना गर्ने काम गरिरहेको भेटिए तत्कालै १०० नम्बरमा वा नजिकैको प्रहरीमा खबर गर्न अनुरोध गरेका छन्।

कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाल प्रहरीले ३१ जिल्लाका ६८ स्थानमा हेल्पडेस्कको स्थापना गरेकोसमेत उनले जानकारी दिए। ती मध्ये ३४ स्थानमा स्वास्थ्यकर्मी छन्। भने बाँकी स्थानमा प्रहरीले नै हेरिरहेको छ।

" /> काठमाडौं। प्रहरी प्रधान कार्यालयले दैनिक उपभोग्य वस्तुको अभाव सिर्जना गरेर कालोबजारी गर्नेविरुद्ध गोप्य रूपले देशैभर अपरेसन थाल्न मातहतका निकायकालाई निर्देशन दिएको छ।

"> कालोबजारीविरुद्ध प्रहरीले देशैभर थाल्यो गोप्य अपरेसन: Dekhapadhi
कालोबजारीविरुद्ध प्रहरीले देशैभर थाल्यो गोप्य अपरेसन

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्