काठमाडाैं। सभामुख अग्निप्रसाद सापकोटाले ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी) सहयोगसम्बन्धी प्रस्ताव छलफलकै चरणमा रहेको टिप्पणी गरेका छन्। सिंहदरबारमा आज पत्रकारसँगको अनौपचारिक भेटघाटमा उनले एमसीसी प्रस्तावका विषयमा गम्भीर ढङ्गले बहस भइरहेको बताएका हुन्।
“एमसीसी बहसमै छ, कोभिड-१९ का कारण बहस यतातर्फ केन्द्रित भए पनि त्यो बहसमै छ”, उनले भने, “दलहरूभित्र पनि छलफल भइरहेको छ, पारित गर्ने अवस्था आएपछि पारित हुन्छ।”
विद्युत् प्रसारण लाइन निर्माण र सडक स्तरोन्नतिमा खर्च गर्ने गरी अमेरिकी सरकारले उपलब्ध गराउने उक्त सहयोग ग्रहण गर्ने वा नगर्ने सम्बन्धमा बहस भइरहेको छ। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एमसीसी सहयोग लिने/नलिने भन्ने सम्बन्धमा अध्ययन गर्न गठित कार्यदलले एमसीसीका कतिपय प्रावधान संशोधन गरेर मात्र सहयोग ग्रहण गर्न सुझाव दिएको छ।
चालू अधिवेशनमा आठ विधेयक पारित
संघीय संसद्को चालू अधिवेशनमा हालसम्म प्रतिनिधिसभाबाट आठ विधेयक पारित भएको छ। त्यस्तै ३३ विधेयक प्रक्रियामा, ६ विधेयक दर्ता तथा एक विधेकयमाथि सैद्धान्तिक छलफल भएको छ।
यस्तै १३ विधेयक विभिन्न समितिमा रहेका, विभिन्न तीन समितिको प्रतिवेदन सभामा पेश, एक सन्धि र दुई जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पारित भएको सभामुख सापकाेटाले जानकारी दिए। कोरोना भाइरस सक्रमणको गाम्भीर्यतालाई हेरेर केही दिन संसद् स्थगन गरिएको स्पष्ट पार्दै उनले ‘पर्ख र हेर’को अवस्थामा रहेको बताए। सभामुख सापकोटाले राज्यका सबै अवयव र जनताको स्तरबाट एकजुट भएर कोरोनाका विरुद्ध लाग्नुपर्ने अवस्था आएको बताए।
दलहरूबीच सहमति हुनेबित्तिकै उपसभामुख निर्वाचन
सभामुख सापकोटाले दलहरूबीच सहमति हुनेबित्तिकै उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गरिने बताएका छन्। उपसभामुख निर्वाचनका लागि आफूले संसदीय दलका उपनेतासँग कुरा गरिरहेको र यो विषय छलफलकै चरणमा रहेको पाएको जानकारी दिए।
डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएसँगै माघदेखि उपसभामुख पद रिक्त छ। उपसभामुखका सम्बन्धमा दलहरूबीचमा सहमति जुट्न सकेको छैन।
सभामुख सापकोटाले राष्ट्रिय सभाका अध्यक्षको परामर्शमा प्रतिनिधिसभा सचिव गोपालनाथ योगीलाई अर्को व्यवस्था नभएसम्मका लागि संघीय संसद्को महासचिवको जिम्मेवारी तोकिएकोसमेत बताए। “महासचिवको अनुपस्थितिमा यसअघि पनि उहाँले नै कावा महासचिवका जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो, अध्यक्षसँगको परामर्श र ज्येष्ठताका आधारमा योगीलाई महासचिवको जिम्मेवारी तोकिएको हो”, उनले भने।
प्रतिनिधि सभाका महासचिव मनोहरप्रसाद भट्टराई २ चैतदेखि सेवानिवृत्त भएसँगै सभामुख सापकोटाले प्रतिनिधि सभाका सचिव योगीलाई आजदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्म महासचिवको जिम्मेवारीको तोकेका थिए।
" /> काठमाडाैं। सभामुख अग्निप्रसाद सापकोटाले ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी) सहयोगसम्बन्धी प्रस्ताव छलफलकै चरणमा रहेको टिप्पणी गरेका छन्। सिंहदरबारमा आज पत्रकारसँगको अनौपचारिक भेटघाटमा उनले एमसीसी प्रस्तावका विषयमा गम्भीर ढङ्गले बहस भइरहेको बताएका हुन्।“एमसीसी बहसमै छ, कोभिड-१९ का कारण बहस यतातर्फ केन्द्रित भए पनि त्यो बहसमै छ”, उनले भने, “दलहरूभित्र पनि छलफल भइरहेको छ, पारित गर्ने अवस्था आएपछि पारित हुन्छ।”

">