काठमाडौं। कोरोना भाइरसको संक्रमणको विश्वव्यापी प्रकोपका कारण नेपाली पर्यटन क्षेत्रमा पनि नकारात्मक असर परेको छ। खासगरी होटल तथा हवाई सेवा क्षेत्रको बजार खस्किएको छ।
होटल संघ नेपालले होटल व्यवसाय धरासायी हुने अवस्थामा पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल समक्ष पर्यटन व्यवसायीले आफूले भोगिरहेको समस्याबारे अवगत गराएका थिए।
होटल संघ नेपालका अध्यक्ष सिर्जना राणाले होटल व्यवसायीहरूले बैंकको किस्ता भुक्तानी गर्न नसक्ने अवस्था आएको गुनासो गरिन् । राणाले होटलमा ग्राहक आगमनको दर १० प्रतिशतमा खुम्चिन पुग्दा किस्ता नै तिर्न नसक्ने अवस्था आएको बताइन्। कोरोना भाइरस प्रकोपका कारण होटलहरूले मासिक करीब पौने २ अर्ब नोक्सानी ब्यहोरिरहेको पनि जानकारी दिइन्।
त्यस्तै वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले तीन क्याटागोरीको एअरलाइन्स रहेकोमा सबैभन्दा बढी हेलिकप्टर व्यवसायको व्यापार घटेको बताए। थापाले हेलिकप्टर व्यवसायमा ९० प्रतिशत, छोटो रनवे भएका एअरपोर्टमा ६० प्रतिशत र मुख्य रूटमा २० प्रतिशतसम्म व्यापार घटेको जानकारी दिए।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले धेरैजसो एअरलाइन्सले उडान रद्द गरेको र एअर टिकेटहरु समेत रिफण्ड गर्नुपर्ने अवस्था आएको बताए। डा. रेग्मीले पर्यटन व्यवसायीहरूले तिर्नुपर्ने करमा ५० प्रतिशत छुट दिन अथवा करमा लाग्ने जरिवाना नलगाइदिन पहल गर्न बोर्डलाई आग्रह गरिरहेको पनि बताए।
व्यवसायीहरुले छोटो समयमा देखिएको संकटले व्यवसायीक क्षेत्रमा एक-दुई वर्षसम्म असर पार्न सक्ने भन्दै सरकारले सहयोग गर्नुपर्ने बताउँदै आएका छन्।
गुनासो सुनेपछि उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पोखरेलले व्यवसायीहरूलाई सक्दो सहयोग गर्ने आश्वासन दिएका थिए।