काठमाडौं। कोभिड–१९ ले जसरी विश्वभरको जनजीवनलाई त्रसित तुल्याएको छ, त्यति नै आक्रान्त छ विश्व अर्थतन्त्र।
कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि कतिपय देशमा दैनिकी नै ठप्पप्रायः छ। इटलीले पुरै देश नै ‘लक डाउन’ गर्नु परेको छ भने कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको हुवेई प्रान्तको वुहान शहर तीन महीना ‘लक डाउन’ भयो।
कोरोना भाइरस संक्रमणको चपेटामा परेका देशले हवाई उडान बन्द गरेका छन्। अमेरिकाले युरोपबाट अमेरिकामा हुने हवाई उडान एक महीनाको लागि बन्द गरेको छ। कतारले दुई साताको लागि सबै उडान रद्ध गरेको छ भने भारतमा एक महीनाको लागि पर्यटक आवागमन बन्द छ।
यी सबै गतिविधिको सीधा असर विश्व अर्थतन्त्रमा परिरहेको छ। उद्योग कलकारखानहरू बन्द छन्। लामो समय औद्योगिक क्षेत्र बन्द हुँदा त्यसको व्ययभारको आकार चुलिने हुँदा उद्योग नै मर्न सक्ने अवस्था आउन सक्छ।
कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा धेरै प्रभावित भएको चीनले यो महामारीबाट औद्योगिक क्षेत्रलाई जोगाउन केही उपायहरू अवलम्बन गरेको छ। जुन अन्य क्षेत्रको लागि पनि उपयोगी हुन सक्छ।
हुवेइ प्रान्तको वुहान शहरलाई यो महामारीले आक्रान्त पारेपछि चीनका अन्य शहरका औद्योगिक प्रतिष्ठानले कोरोना महामारीसँग जुध्नका लागि केही विशेष र योजनाबद्ध तयारी गरेका थिए। कोभिड–१९ महामारी सकिएपछि पनि कसरी औद्योगिक प्रतिष्ठानलाई सामान्य रूपमा सञ्चालन गर्ने भन्ने विषयमा रोचक पूर्वतयारी गरिएको थियो।
यद्यपी, चीनले अभ्यास गरेको राजनीतिक र प्रशासनिक प्रणाली उसको आफ्नै विशेषताको छ। त्यसले पनि संकटसँग जुध्ने उपायलाई प्रभावकारी असर पारेको थियो। जुन विश्वका अरू देशसँग नहुन सक्छ।
त्यसैगरी, सामाजिक रीतिरिवाजको अभ्यास पनि चीनमा विश्वको अन्य देशमा भन्दा भिन्न छ। विपद्सँग जुध्ने विषयमा यी सबैको प्रभाव एकमुष्ठ परेकै हुन्छ। तर, कोरोना भाइरस संक्रमणको महामारीसँग जुध्न चीनले गरेको तयारीले अरूलाई पनि नयाँ सन्देश पक्कै दिनेछ।
दुईतर्फी सहभागिता
चुनौतिपूर्ण समस्यासँग जुध्नुपर्ने समयमा प्रभावकारी नतिजा दिनका लागि तल्लो तहदेखि माथिल्लो र माथिल्लोदेखि तल्लो तहसम्म दुईतर्फी नै सहभागिताको आवश्यकता हुन्छ। निर्णय प्रक्रिया र सन्देश प्रवाहमा चिनियाँ कम्पनीहरूले यस्तै सहभागिताको अवधारणालाई अभ्यासमा ल्याएका थिए।
चीनको हाउझाउ होटल ग्रुपले चीनका ४०० शहरमा करीब ६ हजार वटा चेन होटल चलाएको छ। हाउझाउले ‘क्राइसिस टास्क फोर्स’ बनायो। त्यसैलाई दैनिक रूपमा क्रियाशील गरायो। उसले दैनिक कार्यतालिका बनाई फ्रेन्चाइजी र कामदारसँग कुराकानी गर्नको लागि ‘हाउतङ’ एप प्रयोगमा ल्यायो।
जसमार्फत्, फ्रेन्चाइजी होटल र कामदारका सही समयमा सही सूचना पाउन सक्यो। फ्रेन्चाइजी होटलले पनि केन्द्रबाटै आएको निर्देशनलाई प्राथमिकतामा राखे र आफ्ना स्थानीय अवस्था अनुसार निर्देश भयो।
सूचना प्रवाह प्रणाली
संकटको समयमा विभिन्न सूचनाहरू एकै पटक आउँदा त्यसले दिग्भ्रमित पनि गराउन सक्छ। कुनै पनि संस्थामा स्पष्ट निर्देशन र सूचना भएन भने त्यहाँको सम्पूर्ण काम नै प्रभावित हुन्छ। यस्तो अवस्थामा चिनियाँ कम्पनीहरूले आफैं सक्रिय भएर कामदारलाई सहयोग र दिशानिर्देश गरे।
चीनमा किचनको सामग्री बनाउने सबैभन्दा ठूलोमध्येको ‘सुपोर’ कम्पनीले निकै प्रभावकारी रूपमा सञ्चालन निर्देशिका र प्रक्रिया तय गरेको थियो। जसमा क्यान्टिनमा खाना खाँदा अरूसँग कम सम्पर्क गर्नेदेखि असामान्य परिस्थितिका आपतकालीन योजनाहरू समाविष्ट गरिएको छ। उक्त कम्पनीले कर्मचारीको नियमित स्वास्थ्य परीक्षण गर्ने र संक्रमणबाट जोगिनका लागि आवश्यक उपकरण पनि कर्मचारीलाई दिएको थियो। फ्रेबुअरीको दोस्रो सातामै कतिपय उत्पादनहरू नियमित गर्नका लागि यी कार्य सहयोगी भएका थिए।
अनलाइन मार्केटिङ र सोसल मिडिया
कोरोना जस्तो भाइरस संक्रमणको महामारीको बेलामा ग्राहकहरू सुपरमार्केट वा रिटेल स्टोरमा आएर सामान खरीद गर्न सक्ने अवस्था हुँदैन। त्यस्तो किनबेचमा प्रतिबन्ध लगाइएको पनि हुन सक्छ। त्यस्तो अवस्थामा आफ्ना उत्पादन विक्रीका लागी नयाँ उपाय अपनाउन सकिन्छ। जसमा विजनेश टू कस्टमर (बीटूसी) र विजनेश टू विजनेश (बीटूवी) अवधारणा प्रभावकारी हुन सक्छ।
चीनको एउटा कस्मेटिक कम्पनी ‘लिन छिङवान’ले कोभिड–१९ संकटको बेलामा आफ्ना ४० प्रतिशत स्टोर बन्द गर्नुपर्ने अवस्था आयो। वुहानमा रहेका त सबै स्टोर बन्द नै हुन पुगे। तर, कम्पनीका करीब १०० भन्दा बढी सौन्दर्य सल्लाहकारहरूलाई अनलाइनमार्फत् ग्राहकसँग जोड्यो। शहर लक डाउन भएको अवस्थामा धेरैजसो मानिस घरमै वस्ने र अधिकांश समय अनलाइनमा बिताउन थाले।
चीनमा अनलाइनमार्फत् बजार प्रवर्द्धनको प्रभावकारी माध्यम हो– वीच्याट। सौन्दर्य सल्लाहकारहरूले अनलाइनमार्फत् सौन्दर्य प्रशाधनका सामग्रीहरूको प्रवर्द्धन गर्न थाले जसले गर्दा उक्त कम्पनीको वुहानमा मात्रै अघिल्लो वर्षको तुलनामा २०० प्रतिशतले व्यापार बढ्यो।
संकटको समयमा कम्पनीका साझेदार र कर्मचारीहरूका बीचमा संयोजन गर्नका लागि सोसल मिडिया सबैभन्दा प्रभावकारी सञ्चारको माध्यम हो। ‘रिमोट वर्किङ’को लागि पनि यो प्रभावकारी माध्यम हो।
चीनको सबैभन्दा ठूलोमध्येको अन्डरवेयर गार्मेन्ट कम्पनी ‘कस्मो लेडी’ले पनि सामाजिक सञ्जाल वीच्याटलाई प्रयोग गरेर व्यापार प्रवर्द्धनको योजना बनाएको थियो। उक्त कम्पनीले चेयरमेन र सिइओसहित सबै कर्मचारीलाई सहभागी गराएर ‘सेल्स र्याङकिङ’ गर्न थाल्यो। उक्त अभियानमा कम्पनीको चेयरमेन र सिइओलाई समेत समेट्दा कर्मचारीलाई थप प्रोत्साहन मिलेको थियो।
ठूलो महामारी आइपरेको अवस्थामा धेरैजसो कम्पनीहरू रक्षात्मक अवस्थामा पुग्छन्। तर, कपितय चिनियाँ कम्पनीहरूले यही संकटलाई अवसरमा सदुपयोग गर्न सफल भए।
हुन त धेरैजसो कठिनाइका बीचमा नै व्यावसायिक अवसर पनि हुन्छन्। समयमै त्यसको पहिचान गर्न सक्दा त्यसले नसोचेको प्रतिफल दिन सक्छ। कोरोना संक्रमणको त्रासले चीनका स्कुल र विश्वविद्यालयहरू अस्थायी रूपमा बन्द गरिएका थिए। त्यसले विद्यार्थीको अध्ययनलाई प्रभावित गरेको थियो। चीनमा सोसल भिडिओ प्लेटफर्म ‘कईसाउ’ले यस अवधिमा अनलाइन माध्यमबाट कक्षा सञ्चालन गरेर २८ अर्ब डलर बराबरको व्यवसाय गर्न सफल भयो।
ठूलो महामारी आइपरेको अवस्थामा धेरैजसो कम्पनीहरू रक्षात्मक अवस्थामा पुग्छन्। तर, कपितय चिनियाँ कम्पनीहरूले यही संकटलाई अवसरमा सदुपयोग गर्न सफल भए। चीनमा बीमा कम्पनीले अनलाइनमार्फत् आफ्ना स्कीमहरू प्रचार गरे र फ्रेब्रुअरी महीनामा मात्रै अघिल्लो महीनाको तुलनामा हेल्थ इन्सुरेन्स कम्पनीहरूले करीब ३० प्रतिशतले व्यवसाय विस्तार गरे।
चीनमा सार्सको महामारी फैलिएको बेला इ–कमर्सले व्यापकता पाएको थियो। यसपटकको कोरोना भाइरस संक्रमणको महामारीको बेला चीनमा अनलाइन एजुकेशन प्लेटफर्म, वीटूवी डिजिटल च्यानल जस्ता अनलाइनमा आधारित व्यवसाय फस्टाउने क्रममा रहेको छ।
" /> काठमाडौं। कोभिड–१९ ले जसरी विश्वभरको जनजीवनलाई त्रसित तुल्याएको छ, त्यति नै आक्रान्त छ विश्व अर्थतन्त्र।कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि कतिपय देशमा दैनिकी नै ठप्पप्रायः छ। इटलीले पुरै देश नै ‘लक डाउन’ गर्नु परेको छ भने कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको हुवेई प्रान्तको वुहान शहर तीन महीना ‘लक डाउन’ भयो।

">