काठमाडौं। उपभोक्ताहरूले आवश्यक्ताभन्दा बढी ग्यासका सिलिन्डर भण्डारण गरेकाले बजारमा अभाव बढेको नेपालका ग्यास व्यवसायीहरूले बताएका छन्।
आज पत्रकार सम्मेलनको आयोजना गर्दै आवश्यक्ताभन्दा बढी ग्यास भण्डारण हुँदा वितरणमा समस्या देखिएको बताएका हुन्।
बजारमा प्रशस्त ग्यास रहे पनि एउटै ग्राहकले धेरै सिलिन्डर भण्डारण गरेकाले बजारमा मागभन्दा बढी खपत भइरहेको बताए।
कोरोना भाइरस संक्रमणकाे जाेखिम बढेसँगै नेपालमा ग्यासको माग बढेको भन्दै उद्योगी तथा व्यवसायीहरूले भने, “अहिले मागअनुसारको आपूर्ति हुन सकेको छैन। तर, केही दिनमा ग्यास उपलब्ध हुन्छ।”
नेपाल ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले उपभोक्तालाई आवश्यक्ताभन्दा बढी ग्यास भण्डारण नगरिदिन अनुरोध गरे। उनले मागभन्दा बढी ग्यास आइरहेको बताउँदै यस्तो आग्रह गरेका हुन्।
यस्तै, नेपाल ग्यास बिक्रेता महासंघका अध्यक्ष महेश्वर श्रेष्ठले अतिप्रज्वलनशील पदार्थ ग्यास आवश्यक्ताभन्दा बढी भण्डारण गर्न नहुने बताउँदै भने, “आवश्यक्ताभन्दा बढी ग्यासका सिलिन्डर नराखिदिनुहोला।”
" /> काठमाडौं। उपभोक्ताहरूले आवश्यक्ताभन्दा बढी ग्यासका सिलिन्डर भण्डारण गरेकाले बजारमा अभाव बढेको नेपालका ग्यास व्यवसायीहरूले बताएका छन्।आज पत्रकार सम्मेलनको आयोजना गर्दै आवश्यक्ताभन्दा बढी ग्यास भण्डारण हुँदा वितरणमा समस्या देखिएको बताएका हुन्।

">