काठमाडौं। नेपाल प्रहरीले बरामद गरेका सर्जिकल मास्क विक्री/वितरण गर्न बाटो खुलेको छ।

महान्यायाधिवक्ताको कार्यालयले प्रहरीले बरामद गरेका मास्क विक्री/वितरण गर्न सक्ने बाटो खोलेको हो।

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई मास्कको मूल्य र नमूनासहितको अभिलेख राखेर विक्री गर्न लिखित निर्देशन दिएका छन्।

“बरामद मास्कहरू मुद्दाको कारबाहीको क्रममा मुद्दा हेर्ने निकायमा दशी स्वरूप पेश गर्दा बजारमा मास्कको अभाव भइरहने र अहिलेको विषम परिस्थितिमा त्यसको प्रयोग गर्न नसकिने अवस्था हुने हुँदा बृहद सार्वजनिक हित एवं जनस्वाथ्यलाई ध्यानमा राखी मुद्दा हेर्ने अधिकारीको अनुमति लिई उक्त अपराध अनुसन्धानको कममा निम्नानुसार गर्न, गराउनुहुन मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा २७ अनुसार निर्देशन दिइएको छ”, महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले दिएको निर्देशनमा उल्लेख छ।

महान्यायाधिवक्ताको कार्यालयले बरामद मास्कहरूको मूल्य र नमूनासहितको अभिलेख एवं फोटोसहितको डिजिटल अभिलेख मिसिलमा राख्न भनिएको छ।

बरामद मास्कहरूको हालको बजार मूल्य अनुसारको रकम साझा स्वास्थ्य सेवा तथा यस्तै प्रकृतिका अन्य सार्वजनिक संस्थाबाट लिई सो रकम प्रहरीको धरौटी खातामा राखी उक्त मास्कहरु सो संस्थाले यकिन अभिलेख राखी अविलम्ब विक्री/वितरण गर्ने व्यवस्था मिलाउने, अनुसन्धान भएका मुद्दाहरूमा अभियोजन गर्ने निर्णय हुँदा धरौटी खातामा जम्मा भएको रकम जफत हुन मागदाबी लिने प्रबन्ध गर्न निर्देशन दिइएको छ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले ३० फागुन र १ चैतमा उपत्यकाका विभिन्न स्थानमा गरेको कारबाहीका क्रममा करीब ११ लाख मास्क बरामद गरेको छ। ३ रूपैयाँ पर्ने मास्कलाई ३१ रूपैयाँमा विक्री/वितरण भइरहेको सूचनापछि प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको थियो।

काठमाडौं कपनस्थित मिलन चोकबाट ५ जना मानिसलाई एकलाख ६८ हजार थान मास्कसहित पक्राउ गरेको थियो।  त्यस्तै, काठमाडौं चन्द्रागिरी नगरपालिका-१० विष्णुमति पुलस्थित रोहित श्रेष्ठको घर भाडामा लिएर आरडीजी इन्टरनेसनल सप्लायर्स कम्पनीको नाममा सञ्चालन गरेको गोदामसमेत सिल गरेको थियो। आज बिहान उक्त गोदाम खानतलासी गर्दा ८ लाख ४० हजार मास्क बरामद गरेको थियो।

पक्राउ गरिएका मानिस तथा जफत सामानहरू कालो बजारी तथा सामाजिक हितविरुद्धको अपराध ऐन २०३२ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको महानगरी प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता, डीएसपी होविन्द्र बोगटीले बताए।

प्रहरीले ओखलढुङ्गा घर भई ललितपुर इमाडोल बस्ने ३० वर्षीय टेकराम श्रेष्ठ, बारा घर भई हाल कपन बस्ने ३४ वर्षीय सञ्जय रेग्मी, चितवन टाँडी घर भई हाल स्वयम्भु बस्ने २६ वर्षीय अजिम बक्स मियाँ, आरडीजी सप्लायर्सका सञ्चालक २४ वर्षीय सुरज गोयल र अर्का सञ्चालक भारत राजस्थान घर भई काठमाडौं बस्ने ३७ वर्षीय सुबास महेश्वरी रहेका छन्।

महान्यायाधिवक्ताको कार्यालयले निर्देशन नदिएको भए बरामद भएका मास्क मुद्दाको प्रक्रिया नटुँगिदासम्म थन्काएर राख्नुपर्ने बाध्यता हुन्थ्यो।

" /> काठमाडौं। नेपाल प्रहरीले बरामद गरेका सर्जिकल मास्क विक्री/वितरण गर्न बाटो खुलेको छ।

"> बरामद गरिएका मास्क विक्री गर्न महान्यायाधिवक्ता कार्यालयले दियो प्रहरीलाई निर्देशन: Dekhapadhi
बरामद गरिएका मास्क विक्री गर्न महान्यायाधिवक्ता कार्यालयले दियो प्रहरीलाई निर्देशन

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्