काठमाडौं। माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवक्र्स)को प्राविधिक परीक्षण आजबाट शुरू भएको छ।
राष्ट्रिय गौरवको आयोजनामा सूचिकृत भएको ४ सय ५६ मेगावाटको उक्त आयोजनाको बाँध, इन्टेक, बालुवा थिग्य्राउने, पोखरी, गेट, स्टपलग लगायतका अन्य हेडवक्र्स संरचनाको परीक्षण आजबाट शुरू भएको अपर तामाकोसी जलविद्युत आयोजनाले बताएको छ। यस्तो परीक्षणको काम २२ चैतसम्म चल्ने छ।
परीक्षणको क्रममा तामाकोशीको बाँधमा नदीको पानी रोक्ने र छोड्ने गर्नुपर्ने भएकाले नदीमा कुनै पनि बेला ठूलो मात्रामा पानी बग्ने हुँदा बाँधभन्दा तल्लो तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन अनुरोध गर्दै आयोजनाले सूचना प्रकाशन गरेको छ।
तामोकोशीको किनारमा पर्ने लामाबगर, छेतछेन, गोंगर, जगत, मन्थली, टुनीटार, जामुने, भोर्ले, सिंगटी बजारसम्मको नदीमा पानीको सतह बारम्बार धेरै घटबढ भइरहने हुनाले तामाकोशी नदीमा माछा मार्ने, नहाउने, पौडी खेल्ने, धुगाधुने वस्तुभाउ लैजाने जस्ता कार्य नगर्न जलविद्युत आयोजनाले भनेको छ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट चालु आर्थिक वर्षको असार मसान्तसम्ममा विद्युत उत्पादन हुन थाल्ने बताइएको छ। असारसम्ममा आयोजनाबाट ७६ मेगावाटको पहिलो युनिट सञ्चालनमा ल्याइसक्ने माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए।
जलविद्युत आयोजनाका सबैजसो निर्माण सकेर परीक्षण हुन थालेका भए पनि दुई वटा ठाडो सुरुङमा पेनस्टक पाइप जडानको काम भने अझै सकिएको छैन।
" /> काठमाडौं। माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवक्र्स)को प्राविधिक परीक्षण आजबाट शुरू भएको छ।राष्ट्रिय गौरवको आयोजनामा सूचिकृत भएको ४ सय ५६ मेगावाटको उक्त आयोजनाको बाँध, इन्टेक, बालुवा थिग्य्राउने, पोखरी, गेट, स्टपलग लगायतका अन्य हेडवक्र्स संरचनाको परीक्षण आजबाट शुरू भएको अपर तामाकोसी जलविद्युत आयोजनाले बताएको छ। यस्तो परीक्षणको काम २२ चैतसम्म चल्ने छ।

">