काठमाडौं। नेपाल उद्योग परिसंघ र नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा उत्पादनमूलक क्षेत्रको हिस्सा बढाउने तथा बजार सुधार प्रक्रियालाई गति दिन सहकार्य गर्ने भएका छन्।
बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई उद्योग परिसंघमा स्वागत गर्दै अध्यक्ष सतिशकुमार मोरले परिसंघ उत्पादनमूलक तथा सेवा उद्योगको प्रतिनिधित्व गर्ने संगठन भएकाले पुँजी बजारको विकास तथा सुधारका लागि सहयोग गर्न तयार रहेको बताए।
अध्यक्ष मोरले बोर्डमा नयाँ नेतृत्व आएपछि पुँजी बजारमा देखिएको सुधारको गतिलाई निजी क्षेत्रले स्वागत गर्ने बताउँदै भने, “बोर्डले शेयर कारोबारको समय थप गरेको र लगानीकर्ताको हित हुने खालका व्यवस्थाहरू ल्याएकाले निजी क्षेत्र उत्साहित भएको छ।”
कार्यक्रममा धिताेपत्र बोर्डका अध्यक्ष ढुंगानाले पुँजी बजारको विकास र सुधारका लागि थप पहलहरू लिइरहेको बताए। हालै बोर्डले कार्यान्वयनमा ल्याएको विशिष्टिकृत लगानी कोष नियमावलीले स्वदेशी तथा गैर-आवासीय नेपालीलगायत वैदेशिक पुँजीसमेतकाे परिचालनलाई सहज बनाएको उनको भनाइ थियो।
धितोपत्र बजारमार्फत् पुँजीको सिर्जना तथा परिचालनलाई महत्त्व दिएर उत्पादनमूलक र अन्य क्षेत्रको सहभागिता बढाउँदै शेयर बजारलाई थप सन्तुलित बनाउन आवश्यक रहेकाले त्यसका लागि परिसंघको सहयोग महत्त्वपूर्ण रहने अध्यक्ष ढुंगानाले उल्लेख गरे।
" /> काठमाडौं। नेपाल उद्योग परिसंघ र नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा उत्पादनमूलक क्षेत्रको हिस्सा बढाउने तथा बजार सुधार प्रक्रियालाई गति दिन सहकार्य गर्ने भएका छन्।बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई उद्योग परिसंघमा स्वागत गर्दै अध्यक्ष सतिशकुमार मोरले परिसंघ उत्पादनमूलक तथा सेवा उद्योगको प्रतिनिधित्व गर्ने संगठन भएकाले पुँजी बजारको विकास तथा सुधारका लागि सहयोग गर्न तयार रहेको बताए।

">