काठमाडौं। नोबेल कोरोना (कोभिड-१९)बाट हुन सक्ने सम्भावित संक्रमणको स्थितिलाई ध्यानमा राख्दै सरकारले २३५ वटा आईसीयू बेड तयारी अवस्थामा राख्ने निर्णय गरेको छ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज सिंहदरबारमा बसेको बैठकले संघ र प्रदेशमा गरी २३५ आईसीयू बेड र एक हजारको संख्यामा आइसोलेसन बेडहरू तयारी अवस्थामा राख्ने निर्णय गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद बिडारीले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सशस्त्र प्रहरीको अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, नेपाली सेनाको छाउनी र भद्रकाली तथा कीर्तिपुरको आयुर्वेद अस्पतालमा २०-२० वटाका दरले गरी १२० वटा आईसीयू बेड निर्माण गरिने बताए।
त्यस्तै, बागमती प्रदेश बाहेकका ६ वटा प्रदेशका ११५ वटा आईसीयू बेड तयारी अवस्थामा राख्ने सरकारको योजना रहेको बिडारीले बताए। आइसोलेसन वार्ड पनि कीर्तिपुरमा २००, खरिपाटीमा २२०, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अस्पतालहरूमा १०० र इचङ्गुनारायणमा सरकारले बनाएको भवनमा २५० वटा गरी कूल एक हजार वटा बेडहरू तयार गर्ने निर्णय गरिएको उनले बताए।
उनले पीपीई र डाइगोनेस्टिक किटहरूपनि तत्काल खरीद गरी सबै प्रदेशमा पठाउने तयारी भइरहेको बताए। स्वास्थ्य मन्त्रालयले पीपीई सेट २० हजार, डाइगोनेस्टिक किट १० हजार र थर्मल गन ३ हजार थान खरीद गरी प्रदेश सरकारमा समेत पठाउने तयारी गरेको छ।
त्यस्तै, भारतसँग जोडिएका १२८ स्थानीय तह र त्यहाँ आवागमन हुने ठाउँमा ज्वरो नाप्ने थर्मल गन पठाउने तयारी भइरहेको उनले बताए।
समितिले कोरोना भाइरस संक्रमणको स्थितिमा काम गर्ने स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरूका लागि अतिरिक्त भत्ता दिने प्रक्रिया अघि बढाएको छ।
त्यसका लागि स्वास्थ्य मन्त्रालयबाट मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने र मन्त्रिपरिषद्बाट निर्णय भएपछि उच्चस्तरीय समितिको सिफारिसमा कार्यान्वयनमा ल्याइने बिडारीले बताए।
सचिव बिडारीका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलमा डिपार्चर हुने ठाउँमा स्क्रिनिङ गर्ने काम समेत शुरू भइसकेको छ।
" /> काठमाडौं। नोबेल कोरोना (कोभिड-१९)बाट हुन सक्ने सम्भावित संक्रमणको स्थितिलाई ध्यानमा राख्दै सरकारले २३५ वटा आईसीयू बेड तयारी अवस्थामा राख्ने निर्णय गरेको छ।कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज सिंहदरबारमा बसेको बैठकले संघ र प्रदेशमा गरी २३५ आईसीयू बेड र एक हजारको संख्यामा आइसोलेसन बेडहरू तयारी अवस्थामा राख्ने निर्णय गरेको हो।

">