विश्वव्यापी महामारी बनेको कोभिड–१९ ले संसारभरको जनस्वास्थ्य मात्र होइन, अर्थतन्त्र समेतलाई क्षति पुर्‍याइरहेछ। यसको सामना गर्न संसारभरका सरकार र कर्पोरेट क्षेत्र लागिपरेका छन्।

यो सक्रियता आफैंमा प्रशंसनीय छ। तर, यससँगै अर्को प्रश्न उठिरहेछ- यस्तै सक्रियता वातावरणीय संकटसँग जुध्न किन अपनाइँदैन ? जबकि, वैज्ञानिकहरूले सिंगो मानव जाति र अन्य प्राणीको अस्तित्व रक्षार्थ वातावरणीय संकटविरुद्ध यत्तिकै सक्रियताको माग गरिरहेको वर्षौं भइसकेको छ।

कोभिड–१९ आफैंमा जटिल र कडा चुनौती हुँदाहुँदै पनि यससँग जुध्न विभिन्न देशका सरकारहरूले खेलेको भूमिकाले वातावरणीय संकटसँग पनि यसैगरी जुध्न सकिन्छ भन्ने देखाएको छ।

कार्बन ब्रिफले गरेको एक अध्ययन अनुसार कोभिड–१९ सँग जुध्न चीनले गरेको अभ्यासले आर्थिक वृद्धिमा थोरै कमी आउँदा पनि २५ प्रतिशतले कार्बन उत्सर्जन कम भएको छ। विश्लेषकहरूले यही अभ्यास कायम रहे सन् २००८-०९ पछिको वित्तीय संकटपछि विश्वभर नै कार्बन उत्सर्जनमा पहिलोपटक कमी आउने आकलन गरेका छन्।

कार्बन उत्सर्जनमा आएको यो कमीलाई स्वभावकै रूपमा विकास गर्न सकिए यसले दीर्घकालसम्म वातावरणीय संकटसँग जुध्न सघाउ पुग्छ।

स्वास्थ्य अधिकारीहरूको सुझावमा लाखौं मानिसहरू विद्यालय, क्याम्पस गइरहेका छैनन्। यात्रा स्थगित गरेका छन्। पसल बन्द गरेका छन्। हजारौं हवाई उडानहरू स्थगित भएका छन्। यो बीचमा मध्य चीनका कारखानाहरू पनि बन्द भए।

कोभिड–१९ का कारण कार्बनडाइअक्साइड उत्सर्जनमा कमी आउनेछ भनेर भनिहाल्नु हतार हुने विश्लेषकहरू बताउँछन्। यो महामारी कसरी फैलिन्छ र यसले अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ भन्नेमा यो निर्भर हुनेछ।

कोरोना भाइरस संक्रमणको महामारीले जिवाष्म इन्धनमा आधारित उद्यमसँग जोडिने थुप्रै कार्यक्रमहरू पनि स्थगित भए। स्वीजरल्याण्डले हजारजना भन्दा बढी मानिस एकै ठाउँमा जम्मा हुन प्रतिबन्ध लगाएपछि ‘जेनेभा मोटर शो’ स्थगति भयो। त्यस्तै तेल र ग्यासका मालिकहरूको वार्षिक भेटघाट पनि स्थगित भयो।

यस्ता अन्तर्राष्ट्रिय सभा-सम्मेलनहरू स्थगित हुँदा कार्बन उत्सर्जनमा कमी आउँछ। १४ मार्चमा हुने भनिएको आसियानका नेताहरूसँगको डोनाल्ड ट्रम्पको शिखर सम्मेलन सारिएको छ। लण्डन पुस्तक प्रदर्शनी, बार्सिलोनामा हुने भनिएको ‘मोबाइल वर्ल्ड कंग्रेस’, सन फ्रान्सिस्कोमा हुने भनिएको ‘गेम डेभलपर्स कन्फ्रेन्स’ लगायतका कार्यक्रमहरू स्थगित भएका छन्।

यी स्थगनले अन्तर्राष्ट्रिय सम्मेलनका सहभागीको उडानबाट हुने हजारौं टन कार्बनडाइअक्साइड उत्सर्जनमा कमी आएको छ। यसैगरी मनोरञ्जन, फेसन र खेल क्षेत्र पनि प्रभावित बनेको छ। कला प्रदर्शनी, फेसन शो र अन्तर्राष्ट्रिय प्रतियोगिताहरू स्थगित भएका छन्। सोहीकारण हजारौं दर्शकहरूको आवागमन बन्द भएको छ। जसले गर्दा अन्तर्राष्ट्रिय उडानहरू स्थगित भएका छन्। फेब्रुअरीमा मात्रै विश्वव्यापी हवाई यातायातमा ४.३ प्रतिशतले कमी आएको थियो।

के यी अभ्यासले विश्वव्यापी कार्बन उत्सर्जनमा कमी आउँछ त ? ‘ग्लोबल कार्बन प्रोजेक्ट’का अध्यक्ष रब ज्याक्सन यी अभ्यास दीर्घकालीन भएमात्रै तात्विक फरक आउने बताउँछन्। खासगरी हवाई यातायातमा कमी ल्याउने अभ्यासले मात्र अर्थपूर्ण परिवर्तन ल्याउने उनको मत छ।

“अहिलेको अभ्यासले हवाई यात्रामा कमी ल्याउने बानी पारिदियो भने इन्टरनेटमार्फत् बैठक गर्ने परिपाटी शुरू हुन्थ्यो”, उनी भन्छन्, “नभए त कोभिड–१९ मा मैले कुनै पनि चाँदीको घेरा देख्दिनँ। अल्पकालीन समयका लागि कार्बन उत्सर्जनमा कमी आए पनि लामो समयसम्म विश्वव्यापी मन्दी त कसैले पनि स्वीकार्दैन। सन् २००८ मा पनि कसैले स्वीकारेको थिएन र अहिले पनि कसैले चाहँदैन।”

यद्यपि केही उत्साहप्रर्दक संकेत भने अहिले पनि छन्। १८९ वटा देश सदस्य भएको ‘अन्तर्राष्ट्रिय मुद्रा कोष’ र विश्व बैंकले वासिंगटनमा वार्षिक रूपमा हुने नियमित बैठकलाई टेलिकम्युनिकेसनले प्रतिस्थापन गर्लान्। यो आपतकालीन अवस्थाको अभ्यास हुनसक्छ। तर, वातावरणीय संकटसँग जुध्न यही अभ्यासलाई निरन्तरता दिन सकिन्छ।

कार्बन उत्सर्जनमा आएको यो कमी अल्पकालीन हो। यो साह्रै पेचिलो प्रश्न हो। चीनले मात्रै वार्षिक रूपमा २०० मेगाटन कार्बनडाइअक्साइड उत्सर्जन गर्ने आकलन छ। यदि चीनका स–साना उद्योगहरू फेरि खुले र तिनले आफ्नो क्षतिग्रस्त व्यवसायलाई भरथेग गर्नेगरी उत्पादनमा थप जोडबल दिए भने यो उत्सर्जनमा अझ वृद्धि हुनेछ। चीनका राष्ट्रपति सी चिनफिङले आर्थिक क्षति न्यूनिकरणका लागि विशेष सुविधा दिने घोषणा गरेका छन्।

केही रिपोर्टहरूले यो व्यवस्थाले वातावरणीय संकट झनै बढाउने आकलन गरेका छन्। पछिल्लो पटक चीनको कुल गार्हस्थ उत्पादनमा ठूलो चुनौती आएको सन् २००८–०९ को वित्तीय संकटको बेला हो। त्यसको एक वर्षमै चिनियाँ सरकारले गरेको अतिरिक्त खर्चले अर्थतन्त्र र कार्बनडाइअक्साइड उत्सर्जन दुवै उकास्यो।

युनिभर्सिटी अफ् इस्ट एन्ग्लियामा जलवायु परिवर्तन विज्ञानकी प्राध्यापक कोरिन ले क्वेरे यो संकटले कार्बनडाइअक्साइड उत्सर्जनलाई केही हदसम्म मत्थर पार्ने बताउँछिन्। “पछिल्लो १० वर्षमा कार्बन उत्सर्जन दर वार्षिक एक प्रतिशतले बढेको छ। एकै वर्षमा कार्बन उत्सर्जनमा उल्लेखनीय कमी नआउन सक्छ”, उनी भन्छिन्। तर, उनका अनुसार परिष्कृत प्रविधि, नवीकरणीय ऊर्जाको मूल्यमा कमी र सरकारलाई दिइने दबाबले कार्बन उत्सर्जन कम गर्न सकिन्छ। उनका अनुसार कोभिड–१९सँग जुध्ने क्रममा नै वातावरणीय संकटसँग जुध्ने क्रान्तिकारी कदम चाल्न सकिन्छ।

“कोभिड–१९ को अनुभवबाट देखिन्छ, सरकारहरूले कुनै पनि जोखिमसँग जुध्न स्पष्ट कदम चाल्न सक्छन्। तर, जलवायु परिवर्तनलाई संकट घोषणा गरे पनि सरकारहरूले यस्तो कदम उठाएका छैनन्”, उनले भनिन्।

यो महामारी अझै कायम रहे सेप्टेम्बरमा हुने भनिएको युरोपेली युनियन र चीनबीचको शिखर सम्मेलन पनि स्थगित हुन सक्छ। यो वातावरणीय संकटसँग जुध्न यी दुई शक्तिबीच एउटा गठबन्धन निर्माण गर्ने प्रयत्न हो। सम्मेलन स्थगित भए त्यस्तो कूटनीतिक पहल नै धरापमा पर्न सक्छ।

अमेरिकी लेखक र वातावरणकर्मी बील म्याकिब्बन कुनै पनि वातावरणप्रेमीले संकटलाई स्वागत नगर्ने तर, त्यसबाट सिक्ने गरेको उल्लेख गर्छन्। उनले लेखेका छन्, “मानवीय र आर्थिक क्षतिबाट विश्व तापमान वृद्धिलाई न्यूनीकरण गर्नु कुनै पनि हिसाबले उचित होइन। बरु यस्ता संकटहरूले त सस्ता सोलार प्यानल आविष्कार गर्ने प्रयासलाई समेत ओझेलमा पारिदिन्छन्।”

तर, म्याकिब्बन मानिसहरूले परिवर्तन ल्याउन सक्नेमा आशावादी छन्। “यो संकटबाट मानिसहरूले काम गर्ने नयाँ तौर-तरिका सिक्नेछन्। कम्पनीहरूले मानिसहरू कसरी घरै बसेर काम गर्दा पनि उत्पादनशील हुनसक्छन् भन्ने बुझ्नेछन्। कुनै निश्चित ठाउँमै गएर काम गर्नुपर्ने हाम्रो अभ्यासले कार्बन उत्सर्जन बढाइरहेछ। कोभिड–१९ सँग जुध्न घरमै बसेर काम गर्ने अभ्यासलाई निरन्तरता दिइयो भने कार्बन उत्सर्जनमा निकै कमी आउनेछ”, उनले लेखेका छन्। -द गार्जियनबाट अनुवाद

" /> विश्वव्यापी महामारी बनेको कोभिड–१९ ले संसारभरको जनस्वास्थ्य मात्र होइन, अर्थतन्त्र समेतलाई क्षति पुर्‍याइरहेछ। यसको सामना गर्न संसारभरका सरकार र कर्पोरेट क्षेत्र लागिपरेका छन्।

"> कोभिड-१९ ले पर्यावरण सुधारको आशा, तर टिकाउ कति होला ?: Dekhapadhi
कोभिड-१९ ले पर्यावरण सुधारको आशा, तर टिकाउ कति होला ?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्