पोर्चुगलमा एक नेपाली कामदारमा कोरोना भाइरसको संक्रमण, ७४ नेपालीलाई क्‍वारेन्टाइनमा राखियो
लिस्बन। पोर्चुगलको फारोको एक ग्रामीण इलाकामा काम गर्ने एक नेपाली कोरोना भाइरसको संक्रमण भएको छ। उनी त्यहाँ कृषि मजदूरको रूपमा कार्यरत् थिए।

फारो नगरपालिकाका प्रमुख रोगिरियो बाकलहाउले नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि गरेका छन्।

नेपालीमा कोभिड– १९ पोजेटिभ देखिएसँगै संक्रमण फैलन नदिन उनीसंँगै काम गर्ने र उनको सम्पर्कमा भएका अन्यको खोजी गरिएको थियो ।

यसै क्रममा संक्रमितसँगै बस्ने, सँंगै काम गरेका र सम्पर्कमा भएका ७४ नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ ।

कोरोना भाइरसबाट संक्रमित ती नेपालीको नाम र उमेरबारे केही खुलाइएको छैन।

नेपाली कन्सुलर मकरबहादुर हमालले ७४ नेपालीलाई क्वारेन्टाइनमा राखिएको र एक नेपालीलाई संक्रमित भएको सार्वजनिक कूटनीतिक पहल गरिने बताएका छन्।

उनले पोर्चुगलमा रहेका सम्पूर्ण नेपालीलाई सुरक्षित रहन अनुरोध गरे।

हमालका अनुसार कोरोना संक्रमित ती नेपाली कति मानिससँग काम गर्छन्, कहाँ र कोसँग बस्छन्, उनको सम्पर्कमा को को कति जना मान्छेहरु रहेका थिए भन्नेबारे अनुसन्धान भइरहेको छ ।

“कोरोनाबाट अन्यलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने उपाय पनि अवलम्बन गरिनेछ”, उनले भने।

फारोका प्रमुखले स्थानीयवासीलाई घरमै रहन, धेरै मानिस भएका ठाउँमा नजान, क्याफेमा नजान र भेला नहुन साथै सरकार र सरकारी अधिकारीको निर्देशनलाई पालना गर्न आग्रह गरेका छन्।

पोर्चुगलमा पछिल्लो समयमा २७६ जना कोभिड–१९ बाट सङ्क्रमित भएको बताइएको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्