चितवनमा ७५ शय्याको आइसोलेसन वार्ड बनाइने

चितवन। कोरोना भाइरस संक्रमणको पूर्वतयारी गर्दै चितवनमा ७५ शय्याको आइसोलेसन वार्ड बनाइने भएको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार भरतपुर अस्पताल, दुई मेडिकल कलेज र निजी अस्पतालमा ती वार्ड स्थापना गर्न लागिएको हो।

भरतपुर अस्पतालमा हाल संचालनमा रहेको १९ शैय्यालाई थप गरी २० पुर्‍याइने छ। त्यस्तै दुई मेडिकल कलेजमा २०/२० शैय्याको छुट्टै कक्ष बनाइने छ।

निजी अस्पतालमा १५ शैय्या व्यवस्थापन गर्न लागिएको प्रजिअ भट्टराईले जानकारी दिएका छन्।

“शंकास्पद बिरामीलाई राख्नका लागि क्वारेन्टाइन बनाउन ठाउँको खोजीमा छौँ । सम्भवतः छिट्टै टुङ्गिने छ”, उनले भने।

जिल्ला प्रशासन कार्यालयले कोभिड-१९ बाट बच्न सतर्कता अपनाउँदे पूर्वतयारी गर्न सबैमा आग्रहसमेत गरेको छ।

प्रशासनले जिल्लामा भित्रने नाकामा कडाइ गर्न लागेको छ ।

भरतपुर विमानस्थल, पर्साको ठोरी हु्ँदै माडी जोड्ने नाकामा हेल्थ डेस्क राखेर स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको ३ फागुनमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो।

स्वास्थ्यकर्मीलाई अत्यन्त जरुरी कामबाहेक बिदा नबस्न पत्राचार गरिएको, त्रास फैलाउने मनसायले सामाजिक सञ्जालमा सूचना सम्प्रेषण गर्ने व्यक्तिलाई कारवाही अघि बढाइएको, पारिवारिक भेटघाटबाहेक अन्य जमघटका कार्यक्रम नगर्न निर्देशन दिइएको र कालोबजारी नियन्त्रणका लागि घोषित तथा अघोषित अनुगमनलाई तीव्र बनाइएको प्रशासनको भनाई छ। रासस

प्रतिक्रिया दिनुहोस्