प्रदेश २ को नाम र राजधानी टुंगो लगाउन प्रदेश सभा बैठक जारी
काठमाडौं। नाम र राजधानीको टुंगो लगाउन डाकिएको प्रदेश २ सभाको बैठक जारी छ।

बिहान ८ बजे बैठक डाकिए पनि दलहरू आन्तरिक छलफलमा लागेका कारण बैठक करीब साढे तीन घण्टापछि शुरू भएको हो।

मतदान शुरू हुनुअघि सांसदहरूले प्रदेशको नामाकरण र राजधानीबारे आ-आफ्नो राय राखिरहेका छन्।

प्रदेशको नामाकरणका लागि चार र राजधानीका लागि तीन वटा प्रस्ताव दर्ता भएको प्रदेश सभाका सचिव रंजितकुमार यादवले जानकारी दिएका छन्।

सत्तारुढ समाजवादी पार्टी र राजपाले प्रदेशको नाम ‘मधेश’, प्रमुख प्रतिपक्षी नेकपाले ‘जानकी’ र नेपाली कांग्रेसले ‘मिथिला-भोजपुरा’ को प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराएका छन्। त्यस्तै केही सांसदहरूले ‘मध्य मधेश प्रदेश’ नामका लागि प्रस्ताव गरेका छन्।

प्रदेशको राजधानी 'जनकपुरधाम' राख्ने विषयमा दलहरू करीब सहमत छन्।

प्रदेश सभा सचिवालयका अनुसार नेकपा, समाजवादी, नेपाली कांग्रेसले 'जनकपुरधाम' लाई प्रदेश राजधानी प्रस्ताव गरेका छन्।

केही सांसदहरूले वीरगंजलाई र केहीले वीरगंजसहित अलि फराकिलो ठाउँलाई तोकेर राजधानी बनाइनुपर्ने भन्दै प्रस्ताव दर्ता गराएका छन्।

प्रदेश २ मा समाजवादी पार्टीका ३०, राजपाका २५, नेकपाको ३२ , नेपाली कांग्रेसका १९ र संघीय समाजवादी पार्टीका १ गरेर कूल १०७ जना मतदाता छन् ।

नाम र राजधानी तोक्न दुई तिहाइ बहुमत आवश्यक पर्छ। तर, कुनै दलसँग दुई तिहाइ पुग्दैन।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्