नेपालगन्ज। कोरोना भाइरसको संक्रमणसँग जुध्न बाँकेमा आकस्मिक कोष स्थापना गरिएको छ। विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको प्रकोपसँग जुध्न खडा गरिएको कोषमा १ करोड ६० लाख रुपैयाँको प्रतिबद्वता आएको छ। नेपालगन्ज उपमहानगरपालिकाको अगुवाइमा आज बसेको सरोकारवाला पक्षको समन्वयात्मक बैठकले आकस्मिक कोष खडा गर्ने निर्णय गरेको हो।
आकस्मिक कोषमा नेपालगन्ज उपमहानगरपालिकाको तर्फबाट ३० लाख रुपैयाँ, जिल्ला समन्वय समितिले ३० लाख रुपैयाँ, कोहलपुर नगरपालिकाले २० लाख रुपैयाँ, छ वटा गाउँपालिकाले रु १०-१० लाख रुपैयाँ र नेपालगन्ज उद्योग वाणिज्य संघले २० लाख रुपैयाँ सहयोग गर्ने भएका छन्। नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवल शम्शेर राणा कोषको संयोजक तोकिएका छन्।
पूर्वतयारीस्वरुप बाँकेमा टास्कफोर्स र व्यवस्थापन समिति पनि गठन गरिएको छ। जसको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का रहेका छन्।
यसैगरी भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाको संयोजकत्वमा मेडिकल समिति र स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजङ्ग शाहको संयोजकत्वमा रोकथाम तथा नियन्त्रण समिति गठन गरिएको छ।