काठमाडौं। भारतमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। महाराष्ट्र राज्यको मुम्बईस्थित कस्तुरबा अस्पताल उपचारका क्रममा एक बृद्धको मृत्यु भएको भारतीय संचारमाध्यमहरूले जनाएका छन्। मृतकको परिचय खुलाइएको छैन। उनको उमेर ६४ वर्ष रहेको बताइएको छ।
यसअघि भारतको कर्नाटकमा १ जना र दिल्लीमा १ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा भारतमा थप १२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। योसँगै भारतमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १२८ पुगेको छ।
कोरोना भाइरसको प्रभावबाट सबैभन्दा धेरै महाराष्ट्र राज्य प्रभावित छ। जसको मुम्बई, नवी मुम्बई र यवतमालमा कोरोना भाइरसका थप ५ विरामी भेटिएका छन्। महाराष्ट्रमा मात्र ३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
विश्वभरमा कोरोना भाइरसको संक्रमणबाट ६ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
" /> काठमाडौं। भारतमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। महाराष्ट्र राज्यको मुम्बईस्थित कस्तुरबा अस्पताल उपचारका क्रममा एक बृद्धको मृत्यु भएको भारतीय संचारमाध्यमहरूले जनाएका छन्। मृतकको परिचय खुलाइएको छैन। उनको उमेर ६४ वर्ष रहेको बताइएको छ।यसअघि भारतको कर्नाटकमा १ जना र दिल्लीमा १ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा भारतमा थप १२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। योसँगै भारतमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १२८ पुगेको छ।

">