काठमाडौं। कोरोना भाइरसविरुद्ध बनाइएको भ्याक्सिन मानिसमा परीक्षण गरिएको छ। समाचार एजेन्सी एपीका अनुसार वासिङटन डिसीको सियाटलस्थित काइन्जर परमानेन्ट रिसर्च फ्यासिलिटीमा चार जना विरामीलाई कोरोना भाइरस विरुद्धको भ्याक्सिन दिइएको हो।
भ्यक्सिनको सफलता वा असफलताको नतिजा आउन केही महीना लाग्ने छ। परीक्षण सफल भएमा यो भ्याक्सिन लगाउनेलाई कोरोना भाइरसको संक्रमण हुनेछैन।
सियाटल बस्ने ४३ वर्षीया एक महिलालाई पहिलो भ्याक्सिन दिइएको हो। जेनिफर नाम गरेकी ती महिलाले भनेकी छन्, “भ्याक्सिन लगाउनु मेरा लागि एउटा महत्वपूर्ण अवसर थियो।”
विश्वभरका वैज्ञानिक अहिले कोरोना भाइरसको उपचारको अनुसन्धानमा लागिपरेका छन्। नेशनल इन्स्टिच्यूट अफ हेल्थले यो भ्याक्सिन बनाउनमा आर्थिक सहयोग गरेको थियो।
प्राय: भ्याक्सिनको पहिलो परीक्षण जनावरमा गरिन्छ। तर, कोरोनाविरुद्धको भ्याक्सिन भने सिधै मानिसमा परीक्षण गरिएको हो। इम्पेरियल कलेज लण्डनमा संक्रामक रोगका विशेषज्ञ डा. जोहन ट्रिगोनिगले परीक्षण पूर्णरुपमा सुरक्षित रहेको दाबी गरेका छन्।
परीक्षण सफल भएमा सहज उपलब्ध हुन १८ महीनाको समय लाग्ने बताइएको छ। एजेन्सीको सहयोगमा
" /> काठमाडौं। कोरोना भाइरसविरुद्ध बनाइएको भ्याक्सिन मानिसमा परीक्षण गरिएको छ। समाचार एजेन्सी एपीका अनुसार वासिङटन डिसीको सियाटलस्थित काइन्जर परमानेन्ट रिसर्च फ्यासिलिटीमा चार जना विरामीलाई कोरोना भाइरस विरुद्धको भ्याक्सिन दिइएको हो।भ्यक्सिनको सफलता वा असफलताको नतिजा आउन केही महीना लाग्ने छ। परीक्षण सफल भएमा यो भ्याक्सिन लगाउनेलाई कोरोना भाइरसको संक्रमण हुनेछैन।

">