चितवन। भरतपुर महानगरपालिका–१० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा ‘भरतपुर कोरोना विशेष अस्पताल’ सञ्चालनमा ल्याइने भएको छ।
भरतपुर महानगरको अगुवाइमा आज भएकाे सरोकारवालाको बैठकले ७० शय्याको अस्पताल तत्काल निर्माण गर्ने निर्णय गरेको हो।
बैठकले महानगरपालिका प्रमुख रेणु दाहाल संयोजक रहेको १५ सदस्यीय कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण पूर्वतयारीका लागि कार्यदलसमेत गठन गरेको छ।
कार्यदलमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डा. अनिलविक्रम कार्की, जिल्ला समन्वय समितिका प्रतिनिधि, जिल्लाका ठूला अस्पताल, निजी अस्पताल, उद्योग संघ र उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघका प्रतिनिधि सदस्य छन्। कार्यदलको सदस्य सचिवमा वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारी रहेका छन्।
कार्यदलको आजै बसेको बैठकले १० शय्याको सघन उपचार कक्ष, १० शय्याको हाइडिपेन्डेन्ट युनिट (एचडीयू) र ५० शय्याको सामान्य शय्या ७२ घण्टाभित्र निर्माण गरिसक्ने निर्णय गरेको छ। कार्यदलका सदस्य सचिव अधिकारीका अनुसार अस्पताल सञ्चालनका लागि विभिन्न व्यक्ति र संस्थाहरूलाई कामको जिम्मेवारीसमेत दिइएको छ।
अस्पतालको बहिरङ्ग सेवा डा. अधिकारी र चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डा. अनिलविक्रम कार्कीले समन्वय गरी सञ्चालन गर्ने जिम्मेवारी बैठकले दिएको छ। यसैगरी जनरल वार्ड वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्य, एचडीयू सञ्चालन गर्न कलेज अफ मेडिकल साइन्सेस एवं निजी अस्पताल समन्वय समिति र सघन उपचार कक्षको जिम्मेवारी चितवन मेडिकल कलेजलाई दिइएको छ।
जनशक्ति व्यवस्थापनका लागि भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारी र आवश्यक पूर्वाधारको व्यवस्थापनका लागि भरतपुर महानगरपालिका, जिल्ला समन्वय समिति, उद्योग वाणिज्य संघ चितवन र उद्योग संघ चितवनलाई बैठकले जिम्मेवारी दिएको छ। बैठकले प्रयोगशाला र रेडियोलोजी विभाग सञ्चालन गर्न निजी अस्पताल समन्वय समितिलाई जिम्मेवारी दिएको छ।
कार्यदलका प्रवक्तासमेत रहेका अधिकारीका अनुसार जिल्ला र बाहिरका अस्पताल एवं विभिन्न स्वास्थ्य परीक्षण गरिएका क्षेत्रमा भेटिएका शंकास्पद बिरामीलाई यस अस्पतालमा पठाइनेछ। तत्कालका लागि सरकारी र निजी अस्पतालमा रहेका आइसोलेसन कक्ष पनि सञ्चालनमा रहनेछन्।
महानगर प्रमुख दाहालले रोग भित्रिन नदिन उच्च सतर्कता अपनाउने काम भइरहेको भन्दै रोग फैलिहालेमा पूर्व तयारीका लागि काम थालिएको बताइन्। सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने भन्दै उनले एकजुट भएर काम गरेमा रोग भित्रिन नपाउने र भित्रीहालेमा क्षति बेहोर्नु नपर्ने बताइन्।
" /> चितवन। भरतपुर महानगरपालिका–१० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा ‘भरतपुर कोरोना विशेष अस्पताल’ सञ्चालनमा ल्याइने भएको छ।भरतपुर महानगरको अगुवाइमा आज भएकाे सरोकारवालाको बैठकले ७० शय्याको अस्पताल तत्काल निर्माण गर्ने निर्णय गरेको हो।

">