मधुवनका हाटबजार १५ दिन बन्द हुने <p>बर्दिया। मधुवन नगरपालिकाले कोरोना भाइरस (कोभिड-१९) संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि पूर्वतयारीअन्तर्गत नगरका सबै हाटबजार बन्द गर्ने भएको छ।</p> <p>छिमेकी मुलुकहरूमा कोराेना भाइरस फैलिरहेको बेला नेपालमा पनि सो भाइरस भित्रिन सक्ने भन्दै त्यसको जोखिम न्यूनीकरण गर्न १५ दिनका लागि नगरका सबै हाटबजार बन्द गर्ने निर्णय गरेको हो।</p> <p>कोभिड&ndash;१९ सम्बन्धी जानकारी तथा सचेतना गराउने उद्देश्यले बर्दियाको नगरपालिकाले स्वास्थ्य सहायता कक्ष स्थापना गरिसकेको छ। नगर प्रमुख गणेशबहादुर क्षेत्रीले भाइरससम्बन्धी चेतना हरेक व्यक्ति, घर र समुदायमा हुनुपर्ने भएकाले आफूले जानेको कुरा अरूलाई सिकाउन नगरवासीसँग आग्रह गरिएको बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्