प्रदेश २ को नाम ‘मिथिला-भोजपुरा’ राख्ने कांग्रेसको प्रस्ताव पनि अस्वीकृत <p>धनुषा। प्रदेश २ को नामाकरण गर्न जारी मतदानको दोस्रो प्रस्ताव पनि अस्वीकृत भएको छ। नेपाली कांग्रेसका तर्फबाट&nbsp;सांसद&nbsp;नरेश कुमार यादवले प्रस्तुत गरेको &lsquo;मिथिला-भोजपुरा&rsquo; प्रस्तावको पक्षमा २८ मत परेको छ भने विपक्षमा ७९ मत परेको छ।</p> <p>प्रदेश २ मा कांग्रेसका&nbsp;१९ सांसद&nbsp;छन्। &lsquo;मिथिला-भोजपुरा&rsquo; प्रदेशको नाममा&nbsp;नेपाली कांग्रेस वाहेकका ९ जना सांसदले पनि मत दिएका छन्।</p> <p>अब&nbsp;नेपाली कांग्रेसकै सांसद&nbsp;राजेश्वर प्रसाद साहले दर्ता गराएको&nbsp;&lsquo;मध्य मधेस&rsquo; नाममा मतदान गर्ने तयारी भएको छ।&nbsp;</p> <p>यसअघि नेकपाले प्रस्ताव गरेको नाम जानकी प्रदेशको पक्षमा&nbsp;३७ मत खसेको थियो। प्रदेश २ मा नेकपाको ३२ सिट छ। नेकपाको प्रस्तावमा पनि अन्य दलका ५ जनाले मतदान गरेका थिए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्