काठमाडौं। यही ६ चैतबाट हुन गइरहेको माध्यमिक शिक्षा परीक्षा (एसईई) नरोकिने भएको छ।
विश्वव्यापी महामारी बनेको कोभिड–१९ का कारण परीक्षा के हुन्छ भन्ने आमचासोका बीच शिक्षा मन्त्रालयले पूर्वनिर्धारित समयमै परीक्षा सञ्चालन हुने स्पष्ट पारेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेले एक अपील जारी गर्दै विशेष सावधानी अपनाएर परीक्षा सञ्चालन हुने जनाएका हुन्।
यो वर्षको परीक्षामा देशभरबाट ४ लाख ८२ हजार २१९ विद्यार्थी सहभागी हुँदैछन्। परीक्षा सञ्चालनको सबै तयारी पूरा भइसकेको र विद्यार्थीहरू परीक्षा केन्द्रमा पुगिसकेको शिक्षा मन्त्रीको अपीलमा उल्लेख गरिएको छ। एसईई परीक्षाको व्यवस्थापन र सञ्चालन प्रदेश सरकारले गर्नेछ।
यो अवस्थामा संघीय र स्थानीय सरकारले आवश्यकता अनुरूप समन्वय र सहजीकरण गरिरहेको भन्दै शिक्षामन्त्रीको अपीलमा भनिएको छ, “स्वास्थ्य क्षेत्रका विज्ञ तथा शिक्षाका सरोकारवालहरूसँगको परामर्श र छलफलपश्चात् माननीय उपप्रधानमन्त्रीज्यूको संयोजकत्वमा गठित नोबेल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय अनुगमन समितिमा भएका छलफल तथा विश्लेषण समेतका आधारमा एसईई परीक्षा पूर्वनिर्धारित समय तालिका अनुसार नै पर्याप्त सावधानी अपनाएर सञ्चालन एवम् व्यवस्थापन गर्ने गराउने प्रबन्ध गरिएको छ।”
विद्यार्थीहरूलाई परीक्षा केन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रहरूमा परीक्षा अवधिभर हेल्थ डेस्क राख्नका लागि ७५३ वटै स्थानीय तहलाई अनुरोध गरिएको उनको अपीलमा भनिएको छ।
कोरोनाको संक्रमण रोकथाम गर्ने र एसईई परीक्षालाई मनोवैज्ञानिक एवम् त्रासमुक्त वातावरणमा सम्पन्न गर्ने जिम्मेवारी पूरा गर्न सरकार तयार रहेको शिक्षामन्त्री पोखरेलले बताएका छन्।
विद्यार्थीहरूलाई साबुन प्रयोग गरी हात धुने, मास्कको प्रयोग गर्ने, अरुसँग हात नमिलाउने, सकभर भीडभाडमा नजाने लगायतका व्यक्तिगत सुरक्षाका तरीका अपनाउन अनुरोध गरिएको छ।
अर्को शैक्षिक सत्र शुरू नहुन्जेलसम्म करीब तीनहप्ता देशभरका करीब ७० लाख विद्यालय जाने उमेरका बालबालिकाहरू घर परिवारमै रहने जनाइएको छ।
संक्रमणको त्रास रहेको यो अवस्थामा परीक्षा सकेका विद्यार्थीहरूलाई घरबाहिर नजान एवम् यो अवधिमा मुलुकको विशेष परिस्थितिलाई ध्यानमा राखि विद्यालयमा सांस्कृतिक कार्यक्रम, वार्षिक अभिभावक दिवस, नतिजा सार्वजनिकरण, प्रवेश परीक्षा वा भर्नाका नाममा भीडभाड वा आमभेला नगर्न शिक्षामन्त्रीले अनुरोध गरेका छन्।
" /> काठमाडौं। यही ६ चैतबाट हुन गइरहेको माध्यमिक शिक्षा परीक्षा (एसईई) नरोकिने भएको छ।

">