सर्वोच्च अदालत बार एशाेसियसनकाे अनुराेध- ‘तीन हप्ता अदालत बन्द गराैं’

काठमाडौं। कोभिड–१९ को जोखिम बढ्दै गएपछि सर्वोच्च अदालत बार एशोसियसनले सर्वोच्च अदालत कम्तीमा तीन हप्ताका लागि बन्द गर्न अनुरोध गर्ने भएको छ।

आज बसेको बारको आकस्मिक बैठकले बन्दी प्रत्यक्षीकरणबाहेक अन्य मुद्दा मामिलाहरूकाे सुनुवाइ बन्द गर्न सर्वोच्च अदालतलाई अनुरोध गर्ने निर्णय गरेको हो।

बारका अनुसार देशका विभिन्न भागबाट यात्रा गरी अदालतको उपयोगकर्ताहरू तथा कानून व्यवसायी अदालतमा उपस्थित हुन बाध्य हुनुपर्ने अवस्था छ।

अदालतमा सर्वसाधारणलगायतको अत्यधिक संख्यामा उपस्थिति हुने भएकाले कोभिड–१९ को जोखिमलाई न्यूनीकरण र सावधानी अपनाउन अदालत बन्द गर्न अनुरोध गर्ने निर्णय गरिएको बारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्