धनुषा। प्रदेश २ को नामाकरण गर्न जारी मतदानको तेस्रो प्रस्ताव पनि अस्वीकृत भएको छ।
नेपाली कांग्रेसका तर्फबाट सांसद राजेश्वर प्रसाद साहले प्रस्तुत गरेको मध्य मधेश प्रदेशको प्रस्तावको पक्षमा २२ मत प्राप्त भएको थियो भने विपक्षमा ६५ प्राप्त भएको थियो।
प्रदेश २ मा नेकपाको १९ सांसद रहेका छन्। यसअघि नेपाली कांग्रेसले प्रस्ताव गरेको ‘मिथिला भोजपुरा’ प्रदेश पक्षमा २८ मत परेको थियो। २८ मत मात्र प्राप्त भएपछि उक्त प्रस्ताव अस्वीकृत भएको थियो।
त्यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रस्ताव गरेको ‘जानकी’ नाम पनि अस्वीकृत भएको थियो। जानकीको नाममा ३७ मत मात्र प्राप्त भएको थियो।
अब चौथों तथा अन्तिम प्रस्तावका रूपमा सक्तारुढ दल समाजवादी पार्टी र राजपाको तर्फबाट सांसद शैलेन्द्रकुमार यादवले प्रस्तुत गरेको ‘मधेश’ प्रदेशको प्रस्तावमा मतदान भइरहेको छ।
मतदानमा प्रदेश सभाका १०७ जना सदस्य नै सहभागी छन्। प्रदेशको नाम र राजधानी टुंग्याउन दुई तिहाइ मत आवश्यक पर्छ। १०७ को दुई तिहाइ ७२ हुन आउँछ। तर, प्रदेश सभामा कुनैपनि दलको दुई तिहाइ पुग्दैन।
प्रदेश सभामा समाजवादी पार्टीका ३०, राजपाका २५, नेकपाका ३२ , नेपाली कांग्रेसका १९ र संघीय समाजवादी पार्टीका एक जना सदस्य छन्।
" /> धनुषा। प्रदेश २ को नामाकरण गर्न जारी मतदानको तेस्रो प्रस्ताव पनि अस्वीकृत भएको छ।नेपाली कांग्रेसका तर्फबाट सांसद राजेश्वर प्रसाद साहले प्रस्तुत गरेको मध्य मधेश प्रदेशको प्रस्तावको पक्षमा २२ मत प्राप्त भएको थियो भने विपक्षमा ६५ प्राप्त भएको थियो।

">