काठमाडौं। नेपाल वायु सेवा निगमले मलेसियाको उडान पनि तत्कालका लागि बन्द गरेको छ।
कोरोना भाइरस संक्रमणको त्रासका कारण कतार, भारतको दिल्लीको उडान स्थगित गरेको नेपाल एअरलाइन्सले ३१ मार्च सम्मको लागि मलेसियाको क्वालालम्पुरको उडान स्थगित गरेको हो।
नेपाल एअरलाइन्सका कन्ट्री म्यानेजर नरेस कुमार श्रेष्ठले आज एक विज्ञप्ति प्रकाशन गरी भोलिबाट लागू हुने गरी उडान बन्द गरिएको बताएका हुन। मलेसियाले कोरोना भाइरस संक्रमणको कारण देखाउँदै सबै विदेशी नागरिकलाई आगमनमा प्रतिबन्ध लगाएको छ।
कोभिड–१९ ले विश्वव्यापी महामारीको रूप लिएपछि विश्वभरको एअरलाइन्स सेवा प्रभावित भएको छ। कोभिड–१९ का कारण विश्वभर आवाज जावत गर्ने मानिसहरूको संख्या कम हुँदा पर्यटन उद्योग नै धरासायी भइरहेको छ।