युरोपियन च्याम्पियनसिप एक वर्षका लागि स्थगित
काठमाडौं। कोभिड-१९ का कारण युरोपियन च्याम्पियनसिप-२०२० एक वर्षका लागि स्थगित भएको छ। नर्वे फुटबल संघका अनुसार अब याे प्रतियोगिता २०२१ मा हुने निश्चित भएको छ।

युरोपियन फुटबलको सर्वोच्च निकाय युराेपियन फुटबल महासंघ (युईएफए)ले आज मुख्य सरोकारवालाहरूसँग भिडिओ कन्फ्रेन्समा छलफल गर्दै प्रतियोगिता एक वर्षका लागि स्थगित गरेको हाे।

नर्वे फुटबल संघले प्रतियोगिता अर्को वर्षको ११ जुनदेखि ११ जुलाईसम्म हुने निर्णय भएको जनाएको छ। आज भएको निर्णयमा पछि मात्र हस्ताक्षर हुने बीबीसीले जनाएको छ।

प्रतियोगिता २०२० को १२ जुनदेखि १२ जुलाईसम्म युरोपका १२ देशमा हु्ने खेलतालिका थियो।

यूईएफएको यो निर्णयसँगै स्थगित भएका युरोपियन लिगहरूलाई पूरा गर्ने अवसर जुरेको छ।

यूईएफए नेसन्स लिग र युरोपियन यु-२१ च्याम्पियनसिप पनि अर्को वर्ष हुने भएको छ। इङ्ल्यान्डमा हुने २०२१ यूईएफए महिला युरोपिन च्याम्पियनसिप ७ जुलाईबाट शुरू हुनेछ, जुन पुरुष फुटबलको फाइनलभन्दा चार दिन अगाडि हाे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्