काठमाडौं। कोभिड–१९ का कारण इटलीले पूरै देश ‘लकडाउन’ गरेको छ। त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ।
अत्यावश्यक कामबाहेक त्यहाँको प्रशासनले बाहिर निस्कन बन्देज लगाएको छ।
यो अवस्थामा त्यहाँ रहेका नेपालीहरूले कसरी दिन बिताइरहेका छन् त ?
इटलीमा रहेका पाल्पाका अशोक पोखरेल भन्छन्, “म २२ दिनदेखि घरभित्रै छु। मूभि हेर्ने, घरपरिवारसँग इन्टरनेटमा कुरा गर्ने, सेल्फ स्टडी गर्ने गरेर दिन बिताइरहेको छु।”
उनले घरभित्रै सुरक्षितरूपमा स्वस्थकर खानेकुराहरू खाने, हातहरू पटक–पटक धुने, योगा गरेर दिनहरू कटाइरहेको बताए।
फेररामा रहेका अशोकले फेसबुक लाइभबाट त्यहाँको बारेमा जानकारी गराएका हुन्। उनका अनुसार बाहिर सुपरमार्केट, ग्रोसरी स्टोर्स, फार्मेसी खुला छन्। अरू सबै बन्द छन्।
“सुपरमार्केटमा पनि एक÷एक मिटरको दूरीमा लाइन लागेर सीमित मान्छे मात्रै भित्र छिर्ने व्यवस्था गरिएको छ”, उनले भनेका छन्, “अनावश्यकरूपमा बाहिर निस्कनेहरूलाई प्रशासनले २०० युरो जरिवाना र तीन महीना कैदको व्यवस्था गरेको छ। त्यसैले सबै मानिसहरू घरभित्रै बसेका छन्।”
अर्को हप्तादेखि मृत्युदर संक्रमणको अवस्था घट्न सक्ने उनले अनुमान गरेका छन्। “शुरूमा राज्य र जनता दुवैका तर्फबाट नेग्लिजेन्स भएर अनियन्त्रित भयो”, उनी भन्छन्, “अहिले मानिसहरू सबै सचेत भइसके।”
प्रायः सबै हवाई सेवाहरू बन्द रहेकाले घर जान्छु भनेर पनि जान नपाइने अवस्था रहेको उनी बताउँछन्। उनले नेपालमा कोरोना भाइरस नछिरोस् भन्ने कामना पनि गरेका छन्।
" /> काठमाडौं। कोभिड–१९ का कारण इटलीले पूरै देश ‘लकडाउन’ गरेको छ। त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ।अत्यावश्यक कामबाहेक त्यहाँको प्रशासनले बाहिर निस्कन बन्देज लगाएको छ।

">