काठमाडौं। प्रदेश २ को नाम टुंग्याउन आज गरिएको पहल पनि असफल भयो।
नेकपा र कांग्रेस मात्र होइन सत्तारुढ संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले पेश गरेको प्रस्ताव समेत अस्वीकृत भएपछि प्रदेशको नामाकरण थप अन्योल बनेको छ।
प्रदेशको नामका लागि आज प्रदेश सभामा मतदान गरिएका चारवटै प्रस्ताव अस्वीकृत हुन पुगे। यसरी प्रदेशको नाम टुंगो नलाग्नुमा सरकारकै असक्षमता देख्छन् सत्ता साझेदार राजपाका सांसद मनिषकुमार सुमन।
“अहिलेसम्म प्रदेशको नाम टुंग्याउन नसक्नु र आज भएको मतदानबाट समेत नाम नटुंगिनु भनेको प्रदेश सरकारको असक्षमता हो”, सुमनले देखापढीसँग भने, “अब फेरि शुरूदेखि नै प्रक्रिया थाल्नुपर्ने हुन्छ, सरकारले यो राम्रो काम गरेन।”
प्रदेश सभामा राजपा र समाजवादीका गरी ५५ जना सांसद छन्। नेकपाका ३२, नेपाली कांग्रेसका १९ र संघीय समाजवादी पार्टीका एक जना सांसद छन्।
समाजवादी पार्टीका नेता लालबाबु राउत मुख्यमन्त्री छन्।
प्रदेश सभाको पहिलो बैठक २१ माघ २०७४ मा बसेको थियो।
पढ्नुहोस्
प्रदेश २ को नाम विवादः मतदानबाट नाम टुंग्याउन प्रदेश सभा असफल
" /> काठमाडौं। प्रदेश २ को नाम टुंग्याउन आज गरिएको पहल पनि असफल भयो।

">