पर्यटन क्षेत्रमा विश्वभर पाँच करोड मानिसको रोजगारी जोखिममा

काठमाडौं। विश्वव्यापी बनेको कोभिड-१९ का कारण विश्वभरको पर्यटन उद्योग धरासायी बनेको छ। विश्वभरको एअरलाइन्स सेवा प्रभावित छ। हवाई यात्रुको संख्या निरन्तर घटिरहेको छ भने विश्वभरका होटलको बुकिङ रद्द भइरहेका छन्।

वल्र्ड ट्राभल एण्ड टुरिजम काउन्सिल (डब्लूटीटीसी)ले एक प्रतिवेदन सार्वजनिक गर्दै कोभिड-१९ ले अर्थतन्त्रमा पारेको प्रभावका कारण विश्वभरमा पर्यटन क्षेत्रका मात्रै पाँच करोड मानिसको रोजगारी जोखिममा परेको बताएको छ।

चीनको वुहान शहरबाट शुरू भएर अहिले विश्वव्यापी बनेको कोभिड-१९ महामारीको सबैभन्दा ठूलो प्रभाव पर्यटन उद्योगमा परेको छ। काउन्सिलका अध्यक्ष ग्लोरिया ग्वेभाराले भने, “सही समय आए पनि विश्वभरका निजी क्षेत्र सबै देश र सरकारलाई पर्यटन क्षेत्र सुधारका लागि सहयोग गर्न तयार छ।”

सन् २०२० मा विश्वभरको पर्यटन क्षेत्रको व्यवसाय २५ प्रतशित प्रभावित हुनेछ। यो भनेको विश्वभरको पर्यटनको तीन महीना बराबरको तथ्याङ्क हो। यसका कारण पर्यटन क्षेत्रमा १२ देखि १४ प्रतिशत रोजगारी गुम्न सक्ने डब्लूटीटीसीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्