कोरोना भाइरससम्बन्धी सचेतनाका लागि सर्लाहीमा सहायता कक्ष स्थापना

सर्लाही। कोराना भाइरस संक्रमणको सम्भावित जोखिमबारे सचेतना जगाउन सर्लाहीमा ‘सहायता कक्ष’ स्थापना गरिएको छ ।

वाग्मती सेवा समाज नेपालले जिल्ला प्रशासन कार्यालय सर्लाहीको परिसरमा सहायता कक्ष स्थापना गरेको हो ।

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले सेवाग्राहीको बढी भीडभाड हुने प्रशासन कार्यालयमा स्थापना भएको सहायता कक्षले नागरिकको स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने बताए।

सहायता कक्षमा कार्यालय आउने सेवाग्राहीको स्वास्थ्य जाँचका कोभिड-१९ विरुद्ध अपनाउनुपर्ने सावधानीबारे जानकारी गराइने वाग्मती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्कीले जानकारी दिए।

कोही शंकास्पद भेटिए जिल्ला अस्पतालको आइसोलेसन कक्षमा पठाइने छ।

भारतसँग सीमा जोडिएको सर्लाहीको विभिन्न नाकामा नेपाल-भारत संयुक्त सहकार्यमा १३ वटा स्वास्थ्य सहायता कक्ष राखिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्