विराटनगरका पेट्रोल व्यवसायीको आग्रह - 'हल्लाको पछि लागेर पेट्रोलियम पदार्थको अनावश्यक भण्डारण नगरौं'

विराटनगर। पेट्रोलियम डिलर्स एशोसियसन कोशी विराटनगरले हल्लाको पछि लागेर पेट्रोलियम पदार्थको अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ।

कोरोना भाइरस संक्रमणको त्राससँगै नेपाल-भारत सीमाना बन्द हुने आधारहीन खबरका आधारमा चाहिनेभन्दा बढी पेट्रोलियम पदार्थ भण्डारण गरी समग्र बजारलाई प्रभावित गर्न खोजिएको भन्दै एशोसियसनले हिजो ४ फागुनमा विज्ञप्ति निकालेर सो अनुरोध गरेको हो।

विज्ञप्तिमा भनिएको छ’, 'प्रदेश नं १ का लागि भारतको बरौनी डिपो (जोगवनी नाका), सिलगुडी डिपो (काँकडभिट्टा नाका) र अमलेखगञ्ज बाराबाट पेट्रोलियम पदार्थ सहजरूपमा आपूर्ति भइरहेको छ।'

भारतीय सीमानाकाबाट सहजरूपमा पेट्रोलियम पदार्थको आपूर्ति भइरहेको र पेट्रोलियम पदार्थ नियमितरूपमा वितरण भइरहेको उल्लेख गर्दै विज्ञप्तिमा आधारहीन हल्लाका पछि नलागी आवश्यक मात्र पेट्रोलियम खरीद गर्न उपभोक्तासँग अनुरोध गरिएको छ।

यसक्षेत्रमा कार्यरत पेट्रोलियम व्यवसायी सम्पूर्ण उपभोक्ता वर्गको सेवाप्रति सदैव समर्पित रहँदै आएको हुँदा अहिले पनि पेट्रोलियम पदार्थको बिक्रीवितरण विगत झैँ सहजरूपमा हुने विज्ञप्तिमा जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्