कोभिड-१९ विरुद्धको तयारीमा छलफल गर्न आज नेकपा सचिवालय बैठक
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक सचिवालय बैठक डाकिएको हो।
१९ फागुन अस्पताल भर्ना हुनु एक दिनअघि सचिवालय बैठक बसेको थियो।
हिजो, ४ चैतमा अध्यक्षद्वय प्रधानमन्त्री ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा सचिवालय बैठक बोलाउने सम्बन्धमा छलफल भएको बालुवाटार स्रोतले बताएको छ।
आजको बैठकमा कोरोना भाइरसको संक्रमणको जोखिमविरुद्ध सरकार, उच्चस्तरीय समितिले गरिरहेका पूर्वतयारी र पार्टीले गर्ने कामको बारेमा छलफल हुने नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए।
"बैठकले कोरोनाको सतर्कता र पूर्वतयारीका लागि कार्ययोजना तय गर्नेछ", थापाले देखापढीसँग भने।
त्यस्तै मिर्गौला प्रत्यारोपण सफल भएकोमा प्रधानमन्त्रीलाई बधाई दिने आजको बैठकको अर्को अजेण्डा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्